मिरिक: दार्जिलिङ पुलिसकाे आयाेजनामा शनिबार मिरिक डनबस्को स्कूलमा मेधा हाजिरी जवाब प्रतियोगिता सम्पन्न भयाे। अन्तर विध्यालय उक्त प्रतियोगितामा मिरिक महकुमाका धेरै विध्यालयका बिध्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे। बिध्यार्थीहरूकाे बाैद्धिक ज्ञानलाई विकसित गर्ने उदेश्यले दार्जिलिङ पुलिसले शुरू गरेकाे उक्त प्रतियोगिताकाे एक अंश आगमी ७ मईमा खरसाङ अनि १० मईमा दार्जिलिङमा हुनेछ भने प्रतियोगिताको ग्राण्ड फिनाले 19 मईमा गाेर्खा रङमन्च भवनमा हुने बताइएकाे छ।
उक्त प्रतियोगितामा बिजय बन्नेलाई पुरस्कार स्वरूप ६० हजार रूपियाँ प्रदान आयाेजक समितिले प्रदान गर्नेछ।