गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज राजस्थानको अलवरको विवेकानन्द मेमोरियल परिसरमा ई-पुस्तकालयको उदघाटन गरे। उक्त आधुनिक ई-पुस्तकालय भवन वर्ष २०२२ मा स्थानीय सांसद क्षेत्र विकास योजनाअन्तर्गत निर्माण गरिएको हो। उक्त समय राज्यपाल माथुर राज्यसभाका सदस्य थिए। उनले शिक्षा र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेर महत्वपूर्ण योगदान पुऱ्याएका थिए। यस अवसरमा नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो। जहाँ विशिष्ट व्यक्तिहरूले राज्यपालको योगदानको कदर गर्दै सम्मानित गरेका थिए। कार्यक्रम शुरू हुनभन्दा अघि पहलगाम घटनाका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। राज्यपाल माथुरले आफ्नो सम्बोधनमा ई-पुस्तकालय उदघाटनप्रति खुशी व्यक्त गर्दै यस प्रकारको पहलले अलवरका युवाहरूलाई डिजिटल युग अनुरूप ज्ञान प्राप्ति र नवप्रवर्तनको नयाँ सम्भावनाहरूसँग जोड्ने मार्ग सम्भावना रहेको बताए। यस प्रकारको पहलले युवाहरूलाई राष्ट्र निर्माणमा काम गर्न प्रोत्साहित गर्ने जानकारी गराए। यस अवसरमा राजस्थान सरकारका वन तथा पर्यावरण मन्त्री लगायत अन्य विश्ष्ट व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।