उत्तर जिल्लामा फँसेका पर्यटकहरूलाई सुरक्षित गान्तोक ल्याइयो

IMG-20250427-WA0284

गान्तोक: उत्तर जिल्लाअन्तर्गत विभिन्न पर्यटकीय स्थलहरु घुम्न गएका पर्यटकहरूलाई सुरक्षापूर्वक गान्तोकतर्फ ल्याउने कार्य सक्रिय भएको छ। लाचेन अनि लाचुङ पुग्ने राष्ट्रिय राजमार्गलाई पैह्रोले अवरोध बनाएपछि धेरै संख्यामा पर्यटकहरु फँसेका थिए। तीमध्ये १२६ पर्यटक वाहन आज पर्यटक लिएर गान्तोक आइपुगेका छन्। मंगन जिल्लाअन्तर्गत लाचेन-लाचुङमा फँसेका पर्यटकहरूलाई दोङखा भएर गान्तोक ल्याइएको जानकारी जिल्ला प्रशानले गराएको छ। उल्लेखनीय छ, गत केही दिनदेखि निरन्तर परेको भारी वर्षाको कारण लाचेन र लाचुङबीच राष्ट्रीय राजमार्गमा पैह्रो गएपछि पर्यटकहरू आधा बाटोमै थुनिएका थिए। गान्तोक आउन क्रममा फँसेका पर्यटकहरुलाई सेना, आईटीबीपी, सीमा सड़क संगठनको सहयोगमा राख्ने प्रबन्ध गरिएको थियो। मंगन जिल्ला प्रशासनले अन्य गैरसरकारी संघ संस्थाहरु र केन्द्रीय एजेन्सीहरुको सहयोगमा आज सङकलङ पुल हुँदै गान्तोक ल्याइएको हो। लाचेन-लाचुङमा फँसेका पर्यटकहरूलाई स्थानीय प्रशासनले सबै निःशुल्क व्यवस्था गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement