अखिल सिक्किम सारथी कल्याण बोर्डको सफाई अभियान

IMG-20250427-WA0283

गान्तोक: सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षगाँठको अवसरमा आज अखिल सिक्किम सारथी कल्याण बोर्ड, गान्तोक जिल्लाको पहलमा देउरालीस्थित सिलगढी स्टयाण्डमा सफाई कार्यक्रम आयोजन गरियो। कार्यक्रममा बोर्डका उपाध्यक्ष राजु ठटाल, गान्तोक जिल्लाका उपाध्यक्ष कमल तामाङ, मेनलाइन ट्याक्सी एसोसिएशनका अध्यक्ष अजय़ शर्मालगायत अन्य सदस्यहरूले पनि सक्रियरूपमा सहभागिता जनाएका थिए। पत्रकाहरूसँग कुराकानी गर्दै उपाध्यक्ष ठटालले सिक्किम भारतको एक अभिन्न अंग बनेको स्वर्ण जयन्तीको अवसरमा सफाई कार्यक्रम आयोजना गरेको र अभियान केही दिनसम्म निरन्तर सञ्चालन गरिने बताए। उनले थप जानकारी गराएअनुसार गान्तोक वरिपरिका ट्याक्सी स्टयाण्डहरूमा पनि सफाई कार्यक्रम गरिनेछ। बस र ट्याक्सी स्टयाण्डलाई प्राथमिकता दिनुको मुख्य उद्देश्य राज्यमा भित्रिने पर्यटकहरूलाई स्वच्छ माहोलले स्वागत गरौ भन्ने हो भन्दै स्टयाण्डलाई स्वच्छ र सफा राख्न आवश्यक रहेको बताए। स्टयाण्डमा उत्रिनसाथ पर्यटकहरूको नजर सफाईप्रति जाने र यसले आकर्षित तुल्याउन सक्ने बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशा निर्देश बमोजिम गान्तोक जिल्लाका सबै स्टयाण्डमा सफाई कार्यक्रम आजदेखि शुरू गरिएको ठटालले जानकारी गराए। यसक्रममा गान्तोक जिल्लाका उपाध्यक्ष कमल तामाङले मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशमा सफाई कार्यक्रम शुरू गरेको बताए। उनले थप जानकारी गराए अनुसार गान्तोक जिल्लाको सबै ट्याक्सी स्टयाण्डहरूमा सफाई गरिने योजना रहेको छ। यसरी नै साउथ वेस्ट ट्याक्सी स्टयाण्ड, चिल्ड्रेन पार्क, बज्र लगायत अन्य स्टयाण्डहरूमा पनि सफाई गरिने बताए। सोही प्रकारले देउराली मेनलाइन ट्याक्सी स्टयाण्डका अध्यक्ष अजय शर्माले सबै ट्याक्सी स्टयाण्डका चालकवर्गलाई सरसफाई प्रति ध्यान दिनुपर्ने आग्रह गरे। सिक्किम देशको सबैभन्दा स्वच्छ राज्यकोरूपमा मानिने भएकाले यसलाई कायम राख्न चालकवर्गको पनि कर्तव्य रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement