मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप सिच्चेको झोलीमा

IMG-20250427-WA0282

गान्तोक: पाकिम जिल्ला आर्चेरी संघ र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त तत्वावधानमा कार्थोक आर्चेरी फिल्डमा गत १० अप्रेलदेखि शुरू भएको २३औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी स्वर्णकप २०२५ को फाइनल खेल सम्पन्न भयो। प्रतियोगितामा कूल १५ दलले सहभागिता जनाएका थिए। फाइनल खेल सिच्छे मेबेरिक्स बनाम ग्रीन तारा गान्तोकबीच भएको थियो। जसमा सिच्छे मेबेरिक्स विजयी बनेको छ।
यस अवसरमा विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी स्वर्णकप प्रतियोगिता आयोजनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितासम्म आयोजन गर्न सक्ने दक्षता हढ़ाएको उल्लेख गरे। सामुहिक सहभागिताले कुनै पनि कार्यक्रम सफल बन्ने मन्त्व्य राख्दै मुख्यमन्त्रीले प्रत्येक वर्ष गान्तोक जिल्लामा आयोजन गरिने प्रतियोगितालाई यसपल्ट नाथाङ माछोङ क्षेत्रमा आयोजन माग भएकोले यसलाई सफल पार्न आयोजक समिति सफल भएको बताए। दुर्गम क्षेत्रमा यस प्रकारको कार्यक्रम आयोजन गर्नाले त्यहाँको विकासमा फाइदा पुग्ने बताए। उनले स्थानीयहरूलाई रोजगार र उध्यमको क्षेत्रमा प्रेरित पार्ने मन्त्व्य पनि प्रकट गरे। मुख्यमन्त्री तामाङले पाकिममा जिल्लास्तरीय आर्चेरी एकाडेमी निर्माण गरिने घोषणा गर्दै यसका निम्ति क्षेत्र विधायकद्वारा पदक्षेप लिइएको जानकारी गराए। यसैगरि मुख्यमन्त्रीले नाथाङ-माछोङ क्षेत्रका मानिसहरूले विभिन्न क्षेत्रमा जिविकोपार्जनको सहयोग प्राप्त गर्न सकेको भन्दै विभिन्न विकासीय परियोजनाबारे जानकारी गराए। यसअन्तर्गत रिनाकमा बृहत राम मन्दिर निर्माणको योजना रहेको अवगत गराउँदै मुख्यमन्त्रीले सामुहिक विकासमा सरकारको प्राथमिकता रहने उल्लेख गरे। यसरीनै गान्तोकमा ट्राफिक समस्या समाधान गर्न सार्वजनिक यातायातको निम्ति केबल कार शुरू गरिने जानकारी गराए। नाम्लीदेखि लिएर रानीपुलसम्म र रानीपुलदेखि लिएर एसटीएनएम अस्पतालसम्म केबल कार योजना शुरू गर्ने योजना रहेको जानकारी गराए। मुख्यमन्त्री तामाङले कुनै पनि विकासको निम्ति आम नागरिकहरुको सहभागिता अत्यन्तै महतत्वपूर्ण हुने आवश्यक्तामाथि जोड़ दिए। पाकिम हवाई अड्डाको पुन: सञ्चालनका निम्ति पहल भइरहेको जानकारी पनि गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement