वन मन्त्रीले गरे अपहिल साइकल च्यालेन्ज २०२५ को शुरुवात

IMG-20250427-WA0281

गान्तोक: सिक्किम भारतको एक अभिन्न अंग बनेको स्वर्ण जयन्तीको अवसरमा सिक्किम सरकारको वन एवं पर्यावरण विभागको पहलमा अपहिल साइक्लिङ च्यालेञ्जको शुरु यसै विभागका मन्त्री पिन्छो नाम्ग्याल लेप्चाको बाहुलीबाट गरियो। उक्त कार्यक्रममा विधायकहरु इरूङ तेञ्जिङ लेप्चा, आदित्य गोले, सुदेश कुमार सुब्बा लगायत वन विभागका अधिकारीहरू उपस्थित थिए। सोरेङ जिल्लाको श्रीबदाम सरकारी विद्यालयबाट शुरू भएको सो कार्यक्रमको समापन गेजिङ जिल्लाको हि-गाउँमा पुगेर समापन भएको थियो। लगभग २५ किलोमिटर यात्रामा ३६ जना साइक्लिस्टले सहभागिता जनाएका थिए। यस कार्यक्रमले साइकल चालकहरूलाई एउटै मञ्चमा ल्याउनको साथै सामुदायिक संलग्नता, पर्यावरण विकास र पर्यटन प्रवर्द्धन गर्न एउटा मञ्च प्रदान गर्ने काम गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement