भाजपा, सिक्किमले आयोजना गऱ्यो श्रद्धाञ्जली सभा

IMG-20250427-WA0280

गान्तोक: भारतीय जनता पार्टी सिक्किम इकाइले जम्मू कश्मिरको पहगाममा आतङ्की हमलामा मारिएका देशवासीलाई श्रद्धाञ्जली अर्पण गरेको छ। स्थानीय तादोङस्थित दुर्गा मन्दिरमा पार्टीले आज एउटा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो। सभामा सहभागीहरूले शहीदहरूप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै दुई मिनेट मौनधारण साथै दिवंगत आत्माहरूको चिरशान्तिको लागि सामूहिक प्रार्थना गरे।
यस अवसरमा भारतीय जनता पार्टी सिक्किम इकाइले सम्पूर्ण भारतीय जनताको साथमा उभिएर आतङ्कवाद र विघटनकारी शक्तिहरूको विरुद्धमा दृढतापूर्वक लडिरहने संकल्प गरे। यसको साथै देशको एकता, अखण्डता र सार्वभौमिकताका लागि पूर्ण समर्पण भावले अघि बढ्ने प्रण दोहोऱ्याइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement