सांसद राजु विष्टले अभिषेक बेनर्जीको घर घेराउ गर्ने गरे आह्वान

IMG_20220912_182247.jpg

सिलगढी: तृणमूल सांसद अभिषेक ब्यानर्जीले भाजपा सांसद अनि विधायकहरूको घर घेराउ गर्ने आह्वान गरेका थिए। यसको प्रतिउत्तरमा भाजपा सांसद राजु विष्टले पनि अभिषेक ब्यानर्जीको घर घेराउ गर्ने आह्वान सबैसित गरेका छन्। ज्ञात रहोस अभिषेक ब्यानर्जीले हिजो आइतवार माल बजारमा सम्पन्न एउटा सभालाई सम्बोधन गर्दै आगामी ३१ दिसम्बरसम्म पनि चिया श्रमिकहरूको पीएफ र ग्रेच्युटीको मामिला समाधान नभए १ जनवरीदेखि भाजपा सांसद अनि विधायकहरूको घर घेराउ गर्ने आह्वान गरेका थिए। यसपछि आज दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता सांसद राजु विष्टले उल्टै अभिषेक ब्यानर्जीको घर घेराउ गर्ने कुरा बताए। सांसद विष्टले आज सिलगढीमा पत्रकारहरूलाई सम्बोधन गर्दै चिया बगानका श्रमिकहरूले दीर्घ दिनदेखि आफ्नो जमीनको पट्टा नपाए बताए। तिनले ६ महिनाको अल्टिमेटम दिँदै भने, यदि उक्त अवधि चिया बगानका श्रमिकहरूले पट्टा नपाए अभिषेक ब्यानर्जीको घर घेराउ गरिनेछ। पीएफको रूपियाँ मालिकपक्षले जम्मा गर्न पर्ने भए तापनि मालिकहरूले जानी जानी नै पीएफको रूपियाँ जम्मा गर्दैनन्। पीएफ कार्यालयले यसको जाँच गरिसकेको छ। साथै बगान मालिक विरूद्ध कानूनी नोटिस पठाए पछि पनि पुलिसले जाँच नगरेको तिनले आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement