खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको साधारण सभा साथै धन्यवाद ज्ञापन सभा तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भएको छ। उक्त सभा ग्राम कल्याण समितिको सभापति जेबी गुरूङको अध्यक्षतामा र सचिव सञ्जीव मंगरको सञ्चालनमा सम्पन्न भएको छ। सभामा स्वागत सम्भाषण समितिकी कोषाध्यक्षा शिक्षा गुरुङले राखेकी थिइन्। सभामा उप सभापति सुष्मा प्रधान र नानी पेमला तामाङ र साथीहरुले नृत्य प्रस्तुत गरेका थिए। सभालाई मुख्य सल्लाहकार विनयकुमार छेत्री र पूर्व सचिव प्रमोद थापाले वक्तव्य राखेका थिए। त्यसरी नै सभाध्यक्ष एंव समितिको सभापति जेबी गुरूङले आफ्नो वक्तव्यमा सभामा उपस्थित सबैलाई धन्यवाद दिएका छन् यसै साधारण सभामा नै ग्राम कल्याण समितिको पुरानो पदाधिकारीहरुलाई नयाँ कार्यकारी समितिको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा ग्राम कल्याण समितिको पूर्व पदाधिकारीहरु क्रमैले सभापति शरण मंगर, उप सभापति विनयकुमार छेत्री, सचिव प्रमोद थापा, कोषाध्यक्षा रुपा प्रधान, सह कोषाध्यक्ष कुन्दन ठाकुर आदिलाई सम्मान जनाइएको छ। त्यसरी नै ग्राम कल्याण समिति गठन गर्नलाई मुख्य भूमिका निर्वाह गर्ने दुईजना। वृध्दा व्यक्तिहरु क्रमैले स्व शिवकुमार राई जसको सम्मान उनको परिवारलाई प्रदान गरिएको छ। त्यसरी नै रामगोपाल गुरुङलाई पनि सम्मान जनाइएको छ। यस अवसरमा सबैलाई खदार्पणसहित सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ।यस अवसरमा उक्त सम्मानित व्यक्तिहरुलाई प्रदान गरिएको सम्मान पत्रहरु मोहिणी घतानी, अञ्जली सुब्बा, मेघराज प्रधान, अप्सरा प्रधान, प्रतिक प्रधान, कुसुम ठाकुर, सृजना तामाङ, शिक्षा गुरुङ आदिले पठन गरेका थिए। उक्त साधारण सभामा ग्राम कल्याण समितिको नयाँ पदाधिकारीहरु र पूर्व पदाधिकारीहरुमाझ परिचय आदान प्रदानको कार्य पनि गरिएको छ। यसको साथै सभामा समितिले आगामी दिनमा राम्रो काम गर्दै जाने निर्णय गरिएको भनी ग्राम कल्याण समितिको सचिव सञ्जीव मंगरले जानकारी गराएका छन्।