स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट शुरु

photocollage_202542720745101

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आईतबारदेखि स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट शुरु भएको छ।‌ खरसाङको चानमारी खेल मैदानमा भईरहेको स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको पहिलो दिन पहिलो चरणमा दुईवटा खेलहरु सम्पन्न भएको छ। पहिलो खेल युनाइटेड खरसाङ फुटबल क्लब र आईटीआई टुंगमाझ सम्पन्न भएको छ। यस खेलमा युनाइटेड खरसाङ फुटबल क्लब सजिलै बिजय बनेको छ। त्यसरी नै दोस्रो खेल हिल फुटबल एकाडेमी र नयाँ बस्ती फुटबल क्लबमाझ सम्पन्न भएको छ। यस खेलमा हिल फुटबल एकेडेमी सजिलै बिजय बनेको छ। अब स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल आगामी १ मईको दिन सम्पन्न हुने भएको छ। दोस्रो चरणमा हुने दुईवटा खेलमा पहिलो खेल युकेएफसी र नयाँ बस्ती फुटबल क्लबमाझ अनि दोस्रो खेल हिल फुटबल एकेडेमी र आईटीआई टुंगमाझ सम्पन्न हुने भएको छ। यस टुर्नामेन्टको तेस्रो चरणको एंव फाइनल खेल आगामी ३ मईको दिन हुने भएको छ। स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टलाई स्व. दिवस लामाको पिता मोहन लामा (मोक्तान) र उनको परिवारले प्रायोजित गरेका छन्। आईतवारदेखि शुरु भएको स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले खरसाङ क्षेत्रका‌ फुटबलप्रेमी नानीहरुलाई फुटबलमा अघि लानलाई यो अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट आयोजना गरिएको हो अनि हामीले‌ यस टुर्नामेन्टमा खरसाङ क्षेत्रका विद्यालयहरुका‌ नानीहरुले पनि भाग लिन्छन् भन्ने आशा थियो तर एकदमै कम्ती टिमले‌ भाग लिएको बताएका छन्‌। उनले यसपाली कम भए‌ पनि आगामी वर्ष अझ धेरै टिमहरुले सहभागिता जनाउने आशा गरिएको बताएका छन्। उनले यसपाली स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको प्रयोजना उनका पिता मोहन मोक्तान र परिवारले गरेको जानकारी पनि गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement