सोनादा: सोनादा पुलिस आउट पोष्टको पुलिसले शनिवार राति ड्रग्ससितै दुईजनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा एकजना पुरुष र एकजना महिला रहेका छन् प्राप्त जानकारी अनुसार पक्राउ पर्ने दुवैजना सिलगढीबाट आईरहेको समय शनिबार राती ८:२० बजीतिर सोनादामा पुलिसले सोनादा रेलवे स्टेसन परिसरमा नाका चेकिङ्गमा एउटा वेगेनर गाडीमा दुईजनाको ब्यागबाट ड्रग्स भेटिएको पुलिसले बताएको छ। ती दुईजनाको ब्यागमा ड्रग्स भेटिएपछि दुवैजनालाई पक्राउ गरिएको छ। पक्राउ परेका महिला र पुरुषबाट ड्रग्स बोकेको एउटा ब्यागसहित केही नगदराशि पनि पाएको बताइएको छ।

पुलिसले दुवैलाई आईतबार दार्जिलिङ कोर्टमा पठाएको जानकारी प्राप्त भएको छ। ती दुवैबाट नगदराशि पनि जफ्त गरिएको जानकारी गराइएको छ। नाका चेकिङमा पाइएको ड्रग्स र नगदराशि पुलिसले जफ्त गरेको जानकारी प्राप्त भएको छ।