सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टिको युवा शक्तिद्वारा नेपाली भाषा अनिवार्य प्रयोग गर्नु पर्ने अनुरोध गरिएको छ। यस अवसरमा युवा शक्ति अध्यक्ष माईकल गुरुङ, महासचिव किरन रुम्दली, सह सचिव दिनु राई, कोषाध्यक्ष विकाश राई, उप सभापति शैलेन्द्र मुखिया, उप सभापति विवेक गिरी, समष्टि युवा शक्ति सदस्य सुकराज राई, विशाल राई, सामदेन भोटिया, दावा भोटिया, जीवन क्षेत्री लगायत सम्पूर्ण टोलीले “भाषा बाँचे जाति बाँच्छ” भन्ने विषयलाई जानकारी गराउँदै सोनादा परिसरमा रहेको दोकान पाठमा नेपाली भाषामा बोर्डहरू लेखिदिने आग्रह गरेको जानकारी प्राप्त भएको छ। उल्लेखनीय छ, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा नेपाली भाषामा नै बोर्डहरु अनिवार्य रुपमा लेख्नु पर्ने विषयमा अधिसूचना जारी गरेपछि युवा शक्तिले विभिन्न स्थानहरुमा नेपाली भाषामा साइन बोर्डहरु अनिवार्य रुपमा लेख्नु पर्ने विषयमा कार्यक्रमहरु आयोजना गर्दै आईरहेका छन् भने यसै क्रममा सोनादा क्षेत्रमा पनि युवा शक्तिले नेपाली भाषा अनिवार्य प्रयोगलाई लिएर निवेदन गरेका छन्।