विद्यालयमा युनिफर्म परिवर्तनको विरोधमा तराई तारापद आदर्श विद्यालयका पूर्व छात्र तथा अभिभावकहरूद्वारा विरोध प्रदर्शन

IMG_20220912_175436.png

सिलगढी: राज्य सरकारले राज्यभरिका सरकारी विद्यालयको युनिफर्म परिवर्तन गर्ने निर्णय लिएको छ। सरकारको युनिफर्म परिवर्तनको निर्णयको विरोध गर्दै आज सिलगढीको तराई तारापद आदर्श विद्यालयका विद्यार्थीहरू, पूर्व छात्र तथा अभिभावकहरूले आवाज उठाएका छन्।जानकारी अनुसार राज्यको सबै स्कुलहरूको युनिफर्म परिवर्तन गर्ने निर्णयको विरोधमा छात्र, पूर्व छात्र तथा अभिभावकहरूले स्कुलको मुख्य गेट अघि केही समयसम्म विरोध प्रदर्शन गर्नको साथै स्कुल प्रबन्धनलाई एउटा ज्ञापन पत्र पनि चढाए। कुनै पनि परिस्थितिमा युनिफर्म परिवर्तनको निर्णयलाई स्वीकार नगर्ने तिनीहरूले बताए। यदि राज्य सरकारले आफ्नो निर्णय परिवर्तन नगरेको खण्डमा आगामी दिनमा बृहद आन्दोलन गर्ने प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement