ईंग्लिश प्रीमियर लीगमा चेल्सी र न्यूक्यासलको जीत

photocollage_202542711181594

लण्डन: ३ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा चेल्सी र न्यूक्यासलले आ-आफ्नो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा चेल्सीले एभर्टनलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट म्याचको एकमात्र गोल निकोलस ज्याक्सनले गरे। यस रोमाञ्चक जीतपछि चेल्सी ३४ वटा म्याचमा ६० पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको पाँचौं स्थानमा रहन पुग्यो। चेल्सीसँग अहिले पनि शीर्ष चारमा पुगेर च्याम्पियन्स लीगको आउँदो सीजनको निम्ति क्वालीफाई गर्ने मौका रहेको छ। यसरी न्यूक्यासलले इप्सविच टाउनविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्ट जेम्स पार्कमा ७८ प्रतिशत पोजेशनको साथ खेल्ने न्यूक्यासललाई एलेक्जेण्डर इसाकले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरी बढ़त दिलाए। त्यसपछि दोस्रो हाफमा डान बर्नले ५६औं र विलियम ओसुलाले ८०औं मिनटमा लगातार २ गोल गरी होम टीमको जीत सुनिश्चित गरे। म्याचमा इप्सविच टाउनका विंगर बेन जनसनलाई ३७औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि न्यूक्यासलले ६२ पोइण्ट्सको साथ म्यानचेष्टर सिटीलाई पछि छोड़ेर तेस्रो स्थान हासिल गऱ्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा वूल्भ्सले लिस्टर सिटीलाई ३-०-ले, ब्राइटनले वेष्ट ह्यामलाई ३-२-ले अनि फूलह्यामले साउथम्प्टनलाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement