वर्षाले गर्दा म्याच रद्द, दुवै टीमलाई १-१ पोइण्ट

IMG-20250427-WA0004

काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर) र पञ्जाब किंग्सबीच आईपीएल २०२५-को ४४औं म्याच वर्षाले गर्दा रद्द गरियो। काेलकत्ताको ईडन गार्डन्समा शनिवार टस जितेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ४ विकेट गुमाएर २०१ रन बनायो। त्यसपछि केकेआर-को इनिंग्समा पहिलो ओभर समाप्त हुनको साथै वर्षाले गर्दा म्याच रोकियो। त्यस समय केकेआर-ले कुनै विकेट नगुमाइ ७ रन बनाएको थियो। त्यसपछि लगातार वर्षाले गर्दा खेल हुन सकेन अनि म्याचलाई रद्द घोषित गरियो। यसअघि पञ्जाबको ईनिंग्समा प्रभसिमरन सिंह र प्रियांश आर्यको अर्द्धशतक मुख्य आकर्षण रह्यो। प्रभसिमरनले ६ वटा छक्का र ६ वटा चौकाको साथ ४९ बलमा ८३ रन बनाए। यसरी प्रियांशले ८ वटा चौका र ४ वटा छक्काको साथ ३५ बलमा ६९ रन बनाए। यी दुईले पहिलो विकेटको निम्ति ११.५ ओभरमा १२० रनको पार्टनरशीप गरे। यी दुईजना आउट भएपछि कप्तान श्रेयस अय्यरले १६ बलमा अविजित २५ रन बनाए। उनले एउटा चौका र एउटा छक्का लगाए। केकेआर-का बलरहरूमा वैभव अरोड़ले २ विकेट लिए। यस म्याचपछि पञ्जाब किंग्स ९ वटा म्याचमा ११ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबललको चौथो स्थानमा पुग्यो। यसरी केकेआर ७ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement