सिलगढी: सुरक्षालाई विशेष ध्यान राख्दै सिलगढी पुलिस तैनाथ रहेर कार्य गरिरहेका छन्।यसै क्रममा भक्ति नगर थाना पुलिसले गत राति पेट्रोलिङ गरिरहेको अवधि एकजना युवकलाई देखेर सन्देह लागेपछि छानबिन गर्दा एउटा देशी पिस्तोल सहित कार्नूस उद्धार गरेपछि तिनलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक सिलगढी प्रकाश नगर निवासी पिंकू राय (२३) को रूपमा चिन्हित गरिएको छ। पुलिसले तिनी विरूद्ध अवैध रूपमा हतियार राखेको आरोपमा मामिला दर्ता गरेर आज जलपाइगढी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरिरहेको बताइएको छ।