चेन्नई: आईपीएल २०२५-मा चेन्नई सुपर किंग्सको दुर्दशाले आहत मुख्य प्रशिक्षक स्टीफन फ्लेमिंगले गत वर्ष नोभेम्बरमा भएको मेगा लिलामीमा उनको तर्फबाट केही गल्तीहरू भएको स्वीकार गरे। आईपीएलमा ५ पल्टको च्याम्पियन चेन्नईको टीम जारी सीजनमा दयनीय प्रदर्शन गरिरहेको छ। टीमले अहिलेसम्म खेलेको ९ वटा म्याचमा ७ वटा हारेको छ। फ्लेमिंगले भने, हारको एउटा कारण बताउनु मुश्किल छ। हामीले जुन प्रदर्शन गऱ्यौं, त्यसलाई हामीले सही पायौं। यसैकारण हामीले आफ्नो खेल्ने शैलीमाथि विचार गरिरहेका छौं। खेल तेजीको साथ विकसित भइरहेको छ भन्ने पनि हामीले बिचार्नु पर्छ। यससँग तालमेल मिलाउनु सजिलो छैन। यसैकारण हामीलाई आफ्नो रेकर्डमाथि गर्व छ कारण हामी यति लामो समयदेखि आफ्नो प्रदर्शनमा निरन्तरता कायम राख्न सफल भएका छौं तर अलग बाटो समात्न पनि समय लाग्नेछैन। यसको साथमा फ्लेमिंगले उनको टीमबाट लिलामीको समय केही गल्तीहरू भएको स्वीकार गरे। उनले भने, अन्य टीमहरू हामीभन्दा असल भएको छ अनि यहीं नै लिलामीको मुद्दा अघि आउँछ। हामीले यसलाई सही तरिकाले गर्न सकेनौं। यसैकारण तपाईंले हरेक कुराको जिम्मेवारी लिनु पर्नेछ। हामीबाट लिलामीमा केही चूक भयो। यसले गर्दा अहिले सही संयोजन तयार गर्नु मुश्किल भइरहेको छ।