गान्तोक: सिक्किम भारतको एक अभिन्न अङ्ग बनेको स्वर्ण जयन्ती नमहोत्सवको अवसरमा मोटरसाइकल ऱ्याली आयोजन गरियो। सोरेङ जिल्लाको नयाँ बजारबाट शुरू भएको उक्त ऱ्यालीलाई सालघारी जूम क्षेत्रका विधायक मदन सिञ्चुरीले झण्डा हल्लाएर प्रस्थान गराएका हुन्। सोरेङ जिल्ला प्रशासन, सोरेङ पर्यटन सूचना केन्द्र, एपेक्स मोटरसाइकल् रोयल इनफिल्ड सिक्किम र एसकेएम पर्यटन प्रकोष्ठको संयुक्त पहलमा आयोजित कार्यक्रममा देशभरिका कूल दुईसय पचास जना राइडरहरुले सहभागिता जनाएका थिए। यस अवसरमा विधायक आदित्य गोले, विधायक इरूङ तेञ्जिङ लेप्चा, सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदी लगायत अन्यहरूको उपस्थिति थियो। मोटरसाइकल राइडर्स समूहमा डर्टी एञ्जल्स, कञ्चनजङ्गा मोटरसाइकल क्लब, इस्टर्न इनफिल्डर्स सिक्किम, अल्पाइन बाइकिङ स्कवायड, स्यारी योद्धा लगायत विभिन्न संस्थाले सहभागिता जनाएका थिए। यस प्रकारको गतिविधिले सोरेङ जिल्लालाई पर्यटन गन्तव्यकोरूपमा चिनाउने लक्ष्य राखिएको थियो।