जिल्लापालले लिए बन्द सडकबारे जायजा, पर्यटकहरुलाई गान्तोक पठाउने तयारी

IMG-20250426-WA0229

गान्तोक: मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले आज लाचुङ राष्ट्रीय राजमार्गको प्रगति र बन्द सडकको अ वस्थाबारे निरीक्षण गरे। भ्रमणको क्रममा जिल्लापालसँग जिल्ला आपदा प्रबन्धन प्राधिकरणका प्रतिनिधिहरु, लाचुङ जुम्साका पिपन, ट्राभल एजेन्ट एसोशिएसन अफ सिक्किमको (टास) अनि चालक संघका प्रतिनिधिहरू सामेल थिए। भ्रमण टोलीले ट्वीन्स फल्सदेखि भ्रमण शुरू गरेको थियो भने यसबीच जिल्लापालले सडक पुनर्बहाल गर्नलाई मशीनहरू उपलब्ध गराउने निर्देश दिए। सोही प्रकारले टोलीले सडक अवरोधको समस्यालाई समाधान गर्ने लक्ष्य राखेर खेदुम पुगे। जहाँ जिल्लापालले सडक खोल्नको निम्ति चलिरहेको कार्यबारे जायजा लिएका थिए। निरीक्षणको केहीपछि चुङथाङ र ट्वीन्स फल्सबीच रहेको सडक समस्या समाधान गरियो भने खेदुम र लेमा जाने सडक पूनः खोलाउने कार्यलाई तीब्रता दिएको छ। राष्ट्रीय राजमार्गमा देखापरेको यातायात समस्या पनि केही घण्टाभित्र समाधान हुने जानकारी टोलीलाई दिइयो। लाचुङमा फँसेका पर्य़टहरूलाई आज साँझसम्म त्यहाँबाट सुरक्षित ल्याउने पहल शुरू गरिने छ भने लाचेनमा फँसेका पर्यटकहरूलाई भोलि बिहानदेखि नै गान्तोक ल्याउने पहल गरिने भएको छ। सडक खोल्नको निम्ति ग्रेफ, एके बिल्डर्स र सिक्किम ऊर्जा लिमिटेडले तीब्रगतिमा काम गरिरहेको छ। उल्लेखनीय छ, गत केहीदिन अघिदेखि निरन्तर परेको भारी वर्षाको कारण लाचेन र लाचुङबीचमा पैह्रो गएपछि पर्यटकहरू फँसेका थिए। जिल्ला प्रशासनले सेना, ग्रेफ र टासको सहकार्यमा पर्यटकहरूलाई सुरक्षित गान्तोक ल्याउने पहल शुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement