गान्तोक: पश्चिम सिक्किमको रेशिथाङमा आयोजित एक कार्यक्रममा भूतपूर्व सैनिक, वीर नारीहरू तथा भूतपूर्व सैनिक परिवारहरूले जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको घोर भर्त्सना गरे। उपस्थित सदस्यहरुले पाकिस्तानी आतंककारी समूहद्वारा गरिएको हमलालाई कायरता बताउँदै आक्रोश व्यक्त गरे। यस घटनाले सम्पूर्ण मानवता, लोकतन्त्र र क्षेत्रीय शान्तिप्रति गम्भीर चुनौती बढ़ाएको बताएका छन्। भुतपुर्व सैनिक प्रकोष्ठका राज्य अध्यक्ष विष्णु शर्माको अगुवाइमा बसेको सभाले भूतपूर्व सैनिकहरूले सभ्य समाजमा यस्ता हिंसात्मक कार्यहरू पूर्ण रूपमा अस्वीकार्य गर्ने उल्लेख गरे। यस दुखद क्षणमा उपस्थित सदस्यहरुले शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, पीडित परिवारजनप्रति समवेदना प्रकट गरे। यस दुखद क्षणमा, उपस्थित समुदायले शहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, पीडित परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरियो। भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरूले राष्ट्र सधैं सर्वोपरी रहेको भन्दै भारत सरकारप्रति दृढ समर्थन व्यक्त गरे। उनीहरूले आतंकवाद विरुद्ध सदैव एकजुट भई शान्ति, सद्भाव र सुरक्षा कायम राख्न सबैलाई आह्वान गरे। भूतपूर्व सैनिकहरू राष्ट्रसेवाका लागि सधैं तयार छौं भन्दै उपस्थित सैनिकहरूले सामुहिक रुपमा प्रतिबद्धता व्यक्त गरे। संगठनले उक्त अमानवीय आक्रमणको उचित प्रतिकार हुनपर्वे र पुनः शान्ति बहाल हुने कुरामा जोड़ दिए।