केन्द्रीय मन्त्रीद्वारा तिमी चिया बगानको भ्रमण

IMG-20250426-WA0225

गान्तोक: भारत सरकारको केन्द्रीय ऊर्जा तथा आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टर तीन दिवसीय सिक्किम भ्रमणको निम्ति आज सिक्किम आइपुगेका छन्। सिक्किमको तीन दिन दिवसीय भ्रमणमा आएका मन्त्रीले पहिलो दिन नाम्ची जिल्लाअन्तर्गत तिमी चियाबगानको भ्रमण गरे। सिक्किम भ्रमणको क्रममा केन्द्रीय मन्त्रीलाई नाम्ची जिल्लाका महकुमा अधिकारी शरण कालिकोटे, तिमी चिया बगानका सहप्रबन्धक प्रतीक गौतम लगायत अन्यहरूले स्वागत जनाए। यस अवसरमा उनले तिमी चिया कारखानको भ्रमण गर्नको साथै चिया उत्पादन प्रक्रियाबारे पनि जानकारी लिए। भ्रमणको क्रममा तिमी चियाका सहायक प्रबन्धकले चियाको उच्च गुणस्तरलाई प्रकाश पार्दै यसको महत्वबारे जानकारी गराए। केन्द्रीय मन्त्रीले तिमी चियाको नमूनाबारे पनि बताए। मन्त्रीले तिमी चियाको प्रशंसा गर्दै जैविक खेतीप्रति गम्भीरता देखाउने सुझाउ राखे। भ्रमणको क्रममा केन्द्रीय मन्त्रीको साथमा ऊर्जा विभागका सचिव पंकज अग्रवाल लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement