दार्जिलिङको साउथफिल्ड कलेजमा पन्ध्र दिने कार्यशाला

IMG-20250426-WA0160

दार्जिलिङ: १५ दिने अन्तर्राष्ट्रिय संकाय विकास कार्यक्रम (एफडीपी) अन्तर्गत अनुसन्धान पद्धति – गुणात्मक दृष्टिकोण सम्बन्धी कार्यक्रमको प्रत्यक्ष सत्र सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रमको उद्घाटन सत्र दार्जिलिङको साउथफिल्ड कलेजमा १६ अप्रेलमा आयोजना गरिएको थियो। यो प्रतिष्ठित कार्यक्रम तमिलनाडुको इन्टिग्रेटेड इन्स्टिच्युट अफ डिजास्टर म्यानेजमेन्ट (आइआइडीएम), पश्चिम बंगालको दार्जिलिङ जिल्ला अन्तर्गत साउथफिल्ड कलेज र मणिपुरको स्ट्यान्डर्ड कलेजको रसायन विभागद्वारा संयुक्त रूपमा आयोजना गरिएको थियो। कार्यक्रम बिहान ९:३० बजे साउथफिल्ड कलेजको अंग्रेजी विभाग प्रमुख एवं एफडीपी संयोजक बिनय प्रधानको स्वागत मन्तव्यद्वारा आरम्भ भएको थियो। उनले गुणात्मक अनुसन्धानको समसामयिक शैक्षिक र व्यावसायिक सन्दर्भमा महत्त्वपूर्ण भूमिका रहेको कुरामा जोड दिएका थिए। त्यसपछि साउथफिल्ड कलेजकी प्राचार्या तथा एफडीपी प्रमुख संरक्षक डा. अनुराधा राईले उद्घाटन मन्तव्य राखिन्। उनले अन्तर अनुशासनिक अनुसन्धान र संकाय विकासको आवश्यकता र प्रभावमाथि प्रकाश पारिन्।
साउथफिल्ड कलेजको भूगोल विभाग प्रमुख डा. सुजाता बराइलीले अन्तर्राष्ट्रिय एफडीपीको उद्देश्य र ढाँचाको विस्तृत जानकारी प्रस्तुत गरिन्। उनले गुणात्मक अनुसन्धान पद्धतिमा दक्षता प्राप्त गर्न शैक्षिक र अनुसन्धानकर्ताहरूलाई सशक्त बनाउने कुरामा विशेष जोड दिइन्। पहिलो सत्र “अनुसन्धान लेखको प्रभावकारी संरचना” शीर्षकमा बेनेट राजादुरई. जे द्वारा प्रस्तुत गरिएको थियो, जसलाई राजनीति विज्ञान विभागकी प्राध्यापक ज्ञानश्री प्रधानले परिचय गराएकी थिईन्। राजादुरईको सत्र निकै आकर्षक रह्यो र उनले अनुसन्धान लेख प्रकाशन योग्य बनाउने व्यावहारिक तरिकाहरू प्रस्तुत गरेका थिए। दोस्रो सत्र “प्रतिलिपि समस्याहरू कसरी समाधान गर्ने” शीर्षकमा संचालन भयो, जसका लागि राजनीति विज्ञान विभागकी सहायक प्राध्यापक तथा अनुसन्धान तथा विकास समितिकी संयोजक डा. गजाला फरीदीले स्रोत व्यक्ति धिवागरलाई परिचय गराए। उनले शैक्षिक इमानदारी, साहित्यिक चोरी र जाँच उपकरणहरू अनि लेखनमा निष्कलंकता कायम राख्ने उपायहरूबारे जानकारी दिएका थिए। कार्यक्रममा मध्यान्ह भोजनपछि “आर्थिक सहयोग प्राप्त गर्न प्रस्ताव लेखन” विषयमा सत्र आयोजना गरियो। यसले संकाय सदस्यहरूलाई अनुसन्धान परियोजनाहरूको लागि आर्थिक स्रोत जुटाउने तरिकामा प्रोत्साहित गर्यो।


कार्यक्रमको अन्त्यमा अन्तरक्रियात्मक सत्र आयोजना गरियो जसमा सहभागीहरूले स्रोत व्यक्तिसँग प्रत्यक्ष संवाद गर्दै प्रश्नहरूको उत्तर पाए। त्यसपछि प्रतिक्रिया सत्र सम्पन्न भयो, जहाँ सहभागीहरूले सत्रहरूप्रति आफ्नो सन्तुष्टि र आभार व्यक्त गरे। कार्यक्रमको औपचारिक समापन एपडीपीका आयोजन सचिव तथा समाजशास्त्र विभागका प्राध्यापक ब्रायनसन एस. लेप्चाद्वारा धन्यवाद ज्ञापनसँगै सम्पन्न भयो। उनले सबै आयोजक, सहभागी, र स्रोत व्यक्तिहरूलाई कार्यक्रम सफल पारिदिनुभएकोमा हार्दिक आभार व्यक्त गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement