मङ्पु: अल ईण्डिया शेर्पा एसोसिएशन, अल ईण्डिया शेर्पा बुद्धिष्ट एशोसिएशन अनि ग्लोबल शेर्पा एसोशिएशनको तत्वावधानमा आज मङ्पूस्थित लाब्दामा एउटा सभा सम्पन्न भयो। उक्त सभा अल बेङ्गल शेर्पा एसोसिएशन, अल ईण्डिया शेर्पा बुद्धिष्ट एसोसिएशन, असम शेर्पा बुद्धिष्ट एसोसिएशन, दिल्ली शेर्पा एसोसिएशन, डेन्जोङ शेर्पा एसोसिएशन आदि संस्थाहरुलाई लिएर डाकिएको थियो। सर्व भारतीय स्तरमा शेर्पा बुद्धिष्ट एसोसिएशनको पञ्जीकरण गराउन तथा बुद्ध गयामा एउटा शेर्पा भवन निर्माण गरिने अनि वर्ष २०२६ पछि ग्लोबल शेर्पा एसोसिएशनको रणनीति कस्तो हुनुपर्ने भन्ने विषयमाथि यो बैठक डाकिएको जानकारी प्राप्त भएको छ।