बाघमारा बस्तीमा ग्रामीण व्यक्तित्व शिविरको उदघाटन

IMG-20250426-WA0156

खरसाङ: खरसाङ खण्ड अन्तर्गत बाघमारा बस्तीमा सूर्य फाउण्डेशनको सञ्चालनमा रहेको बाल संस्कार केन्द्रमा ग्रामीण व्यक्तित्व शिविरको विधिवत् उदघाटन गरियो। उक्त केन्द्रको उदघाटन संस्कार केन्द्रका नानीहरू र स्थानीय प्रधान र किशोर तामाङको प्रमुख उपस्थितिमा‌ सम्पन्न भएको थियो। दश दिनसम्म चल्ने उक्त शिविरमा नानीहरूको बौध्दिक तथा शारीरिक क्षमतामा वृध्दि हुने कुरा जनाइएको छ। उक्त दश दिवसीय ग्रामीण व्यक्तित्व शिविर खरसाङ क्षेत्रका प्रमुख मणिकमल दाहालको मार्गदर्शन हुने भएको जानकारी प्राप्त भएको छ। उक्त कुरोको जानकारी बाघमारा बाल संस्कार केन्द्रका प्रशिक्षक योगेन्द्र छेत्रीले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement