सिलगढी: ४५ नम्बर वार्ड सिलगढी स्थित एउटा दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ।बिहानै दोकान मालिकले दोकानको सटर खोल्दा भित्र सबै सर-समानहरू छरपष्ट अवस्थामा देखे। यसको साथै क्यास बक्समा राखेको रुपियाँ पनि चोरी भएको थियो। चोरहरूले दोकानको छाना काटेर दोकानभित्र पसेर त्यहाँ राखेको समानहरू लगायत नगद रुपियाँ मिलाएर लगभग डेढ लाख रुपियाँ चोरी गरेको बताइएको छ। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। दोकान मालिकले बताएअनुसार गत राति लगभग १२ बजी तिनी दोकान बन्द गरेर घर गएका थिए भने आज बिहान दोकान खोल्दा दोकानमा चोरी भएको बारे थाहा पाए।