आईतबारखि स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट शुरु

IMG-20250426-WA0155

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भोलि आइतबारदेखि स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ। स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको लागि खरसाङ महकुमा खेलकूद संघले खरसाङको चानमारी खेल मैदानमा सबै तयारी गरेको छ। चानमारी खेल मैदानलाई खेल योग्यको बनाउन खरसाङ महकुमा खेलकूद संघका पदाधिकारीहरुले खेल मैदान सर सफाई साथै खेल्न योग्यको बनाउन कार्य गरेका छन्।

यसको साथै खेल मैदानको मुख्य पेभेलियनमा दुवै दललाई बस्नलाई डग आउट बनाएको जानकारी खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी गराएका छन्‌‌। उनले बताए अनुसार स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको लागि उनका पिता मोहन लामा (मोक्तान) र परिवारले प्रायोजित गरेका छन्‌। उनले बताए अनुसार यस स्व. दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट आईतबारदेखि शुरु हुने भएको छ। यस लिग फुटबल टुर्नामेन्ट भएकोले एउटा टिमले तीनपल्टसम्म खेल्नु पर्ने बताएका छन्‌।

सचिव निर्मल गुरुङले यसपाली कम्ती टिमहरु आए पनि आगामी वर्ष धेरै टिमहरु आउने आशा रहेको बताएका छन्‌। उनले यस स्व दिवस लामा स्मृति अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट आगामी ४ मईसम्म चल्ने जानकारी गराएका छन्‌‌। उल्लेखनीय छ खरसाङ महकुमा खेलकूद संघको आयोजनामा वर्षभरि विभिन्न खेलकूदहरु आयोजना भईरहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement