हेजलवुडलाई टीमको ताकत बताए प्रशिक्षक एण्डी फ्लावरले

IMG-20250426-WA0110

बेंगलुरु: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का मुख्य प्रशिक्षक एण्डी फ्लावरले इण्डियन प्रीमियर लीग (आईपीएल)-को म्याचमा राजस्थान रोयल्सविरुद्ध ११ रनले जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पेस बलर जोश हेजलवुडको प्रशंसा गर्दै यस विश्व स्तरीय बलरमा खेलको कुनै पनि प्रारूपको दबाउ सहन गर्ने क्षमता रहेको दावी गरे। फ्लावरले भने, म विशेषगरी उनको अन्तिम ओभरहरूको कुरा गर्छु कारण ती २ ओभरमा ७ रन खर्च भयो अनि ३ विकेट हासिल भयो। ती ओभरहरूमा हामीले हेजलवुडको स्तर देख्यौं। उनी असाधारण र विश्व स्तरीय बलर हुन्। उनमा खेलको कुनै पनि प्रारूपमा दबाउ सहने क्षमता छ। उनलाई साधारणत एउटै लाइन-लेन्थमा बलिंग गर्ने बलरको रूपमा चिनिन्छ तर उनीसँग हरेक थरीको विविधता पनि रहेको छ। जिम्बाब्वेका पूर्व कप्तानले भने, उनले यर्कर, वाइड यर्कर र धीमा बलहरूको असाधारण मिश्रण गरे। कहिले कस्तो बलिंग गर्नु पर्छ भन्ने उनलाई थाहा छ।
फ्लावरको भनाइअनुसार, तीनजना अलग-अलग थरीका बलरहरू रहनु आरसीबी-को पेस आक्रमणको सबैभन्दा ठूलो ताकत हो। उनले भने, मेरो विचारमा भुवी (भुवनेश्वर कुमार)-को निम्ति यो सत्र असाधारण रह्यो। यश (दयाल)-ले पनि असल बलिंग गरिरहेका छन्। उनले दबाउमा असल प्रदर्शन गरेका छन्। यी दुईजनाको साथमा हेजलवुडको उपस्थितिले हाम्रो पेस आक्रमणलाई मजबूत बनाएको छ। हेजलवुड हाम्रो ताकत हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement