चेन्नई: चेन्नई सुपर किंग्स (सीएसके) र सनराइजर्स हैदराबादबीच एमएम चिदाम्बरम स्टेडियम (चेपक)-मा खेलिएको आईपीएल २०२५-को ४३औं म्याचमा महेन्द्र सिंह धोनीले आफ्नो करियरको ४००औं टी२० म्याच खेलेर इतिहास रचे। टी२० प्रारूपमा ४०० या त्यसभन्दा अधिक म्याच खेल्ने धोनी चौथो भारतीय क्रिकेटर हुन्। यस माईलखुट्टीलाई पार गर्ने अन्य भारतीय क्रिकेटरहरूमा रोहित शर्मा, दिनेश कार्तिक र विराट कोहली सामेल छन्। भारत र मुम्बई इण्डियन्सका पूर्व कप्तान रोहित सर्वाधिक ४५६ वटा टी२० म्याच खेल्ने भारतीय हुन्। आफ्नो कप्तानीमा टी२० वर्ल्ड कपमा भारतलाई च्याम्पियन बनाएपछि धोनीले टी२० इण्टरनेशनलबाट सन्न्यास लिएका छन् तर उनले मुम्बई इण्डियन्सबाट आईपीएलमा खेल्न चाहिँ जारी राखेका छन्। यस सूचीमा ४१२ वटा टी२० म्याचको साथ कार्तिक दोस्रो स्थानमा छन्। उनले खेलबाट सन्न्यास लिइसकेका छन् अनि अहिले रोयल च्यालेञ्जर्स बेंगलुरुमा मेण्टरको पदमा छन्। यसरी विराटले ४०७ वटा टी२० म्याच खेलेका छन्। रोहितले झैं उनले पनि टी२० इण्टरनेशनलबाट सन्न्यास लिइसकेका छन् तर आईपीएलमा खेल्न जारी राखेका छन्।
समग्रमा सर्वाधिक टी२० म्याच खेल्ने रेकर्ड वेष्ट इण्डिजका कायरन पोलार्डको नाममा रहेको छ। वेष्ट इण्डिजका यस अलराउण्डरले आफ्नो करियरमा ६९५ वटा टी२० म्याच खेलेका छन्। यस सूचीको शीर्ष पाँचमा वेष्ट इण्डिजका चारजना क्रिकेटर रहेका छन्। ड्वेन ब्राभो ५८२ म्याचको साथ दोस्रो स्थानमा छन्। पाकिस्तानका शोएब मलिकले ५५७ वटा म्याच खेलेका छन्। चौथो र पाँचौं स्थानमा वेष्ट इण्डिजका आन्द्रे रसेल (५४६) र सुनील नारेन (५४३) रहेका छन्। उल्लेखनीय छ, धोनीले आफ्नो टी२० करियरमा ४०० वटा म्याच खेलेर ३७.८६-को औसत र १३५.७७-को स्ट्राईक रेटले २८ वटा अर्द्धशतकको साथ ७५७२ रन बनाएका छन्। यस अवधि उनले ५२८ वटा चौका र ३४६ वटा छक्का लगाएका छन्। यसरी विकेटकीपरको भूमिकामा उनले २२७ वटा क्याच लिनको साथै ९१ वटा स्टम्पिंग गरेका छन्।