आईपीएलमा हर्षल पटेलको रेकर्ड बलिंग प्रदर्शन

IMG-20250426-WA0076

चेन्नई: आईपीएल २०२५-को म्याचमा शुक्रवार राति चेन्नई सुपर किंग्सलाई केवल १५४ रनमा रोक्नमा सनराइजर्स हैदराबादका पेस बलर हर्षल पटेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। हर्षलले २८ रन खर्च गरी ४ विकेट लिए। यसको साथै उनले एउटा महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरे। हर्षल आईपीएलको इतिहासमा ५ पल्ट ईनिंग्समा ४ विकेट लिने मामिलामा अमित मिश्राको बराबरीमा पुगे। यस सूचीमा भुवनेश्वर कुमार, लक्ष्मीपति बालाजी, मोहित शर्मा, रविन्द्र जडेजा र कुलदीप यादव (४-४ पल्ट) पनि रहेका छन्। शुक्रवार खेलिएको म्याचमा हर्षलले सेम कुरेन, डेवाल्ड ब्रेविस, महेन्द्र सिंह धोनी र नूर अहमदको विकेट हासिल गरे। आफ्नो असाधारण प्रदर्शनले गर्दा प्लेयर अव् द म्याच रहने हर्षलले भने, यो सुःखद जीत रह्यो। हामीले गत म्याचहरूमा पनि यस्तै केही गर्ने प्रयास गरिरहेका थियौं तर कहीँ न कहीँ केही कमी रहेको थियो। अहिले हामीसँग प्रत्येक म्याच जित्नु बाहेक अन्य कुनै उपाय छैन अनि यस्तो समयमा सबै एकजुट हुँदा खुशी लाग्छ। यस पीचमा सही लेन्थमा बलिंग गर्ने आवश्यकता रहेको मलाई पहिला नै थाहा थियो। सीधा ब्याटको साथ शट् खेल्नु सजिलो थिएन। मेरो बलिंगमा ब्याटरहरूले स्क्वायर लेग र मिड विकेटमा शट् खेलोस् भन्ने म चाहन्थे। यसैकारण मैले आफ्नो गतिमा पनि फेरबदल गरिरहे। उल्लेखनीय छ, हर्षलले आईपीएलको जारी सीजनमा ८ वटा म्याचमा १३ विकेट हासिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement