सीएसके-लाई पराजित गरी प्लेअफ्-को सम्भावनाहरूलाई जीवित राख्यो सनराइजर्सले

IMG-20250426-WA0002

चेन्नई: आईपीएल २०२५-को ४३औं म्याचमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्स (सीएसके)-लाई ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथ गत सीजनको उपविजेता सनराइजर्सले प्लेअफ्-को सम्भावनाहरूलाई जीवित राख्यो। आजको म्याच जित्नको साथै सनराइजर्स ९ वटा म्याचमा ६ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आठौं स्थानमा पुग्यो। यसरी चेन्नई सुपर किंग्स ४ पोइण्ट्स लिएर सबैभन्दा तल १०औं स्थानमा रहेको छ। एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नई सुपर किंग्स १९.५ ओभरमा १५४ रन बनाएर अलआउट भयो। आईपीएलको जारी सीजनमा पहिलोपल्ट खेलिरहेका डेवाल्ड ब्रेविसले ४ वटा छक्का र एउटा चौकाको साथ २५ बलमा सर्वाधिक ४२ रन बनाए। यसबाहेक युवा अयुष म्हात्रेले ६ वटा चौकाको साथ ३० रन बनाए। दीपक हूडाले २२ र रविन्द्र जडेजाले २१ रनको योगदान दिए। सनराइजर्सका बलरहरूमा हर्षल पटेलले ४ विकेट लिए। जवाफमा सनराइजर्सले १८.४ ओभरमा ५ विकेटमा १५५ रन बनाएर म्याच जित्यो। अभिषेक शर्मा (०) र ट्रेविस हेड (१९ रन)-को ओपनिंग जोड़ी फ्लप भए पनि ईशान किशन र कामिन्दु मेण्डिसको उत्कृष्ट ब्याटिंगले सनराइजर्सलाई चेन्नईको होम ग्राउण्डमा पहिलो जीत दिलायो। किशनले ३४ बलमा ५ वटा चौका र एउटा छक्काको साथ ४४ रन बनाए। यसबाहेक मेण्डिसले २२ बलमा अविजित ३२ रन बनाए। उनले नितिश कुमार रेड्डी (अविजित १९ रन)-सँग छैटौं विकेटको निम्ति ३१ बलमा ४९ रनको अटूट पार्टनरशीप गरेर सनराइजर्सलाई जीत दिलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement