गान्तोक: गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज सिक्किम ईःसर्भिस अनि आपदा प्रबन्धनलाई लिएर एक अभिमुखी कार्यक्रम सम्पन्न गरियो। मार्ताम खण्ड प्रशासनिक केन्द्रका अधिकारीहरुलाई र कर्मचारीहरुलाई लिएर उक्त अभिमुखी कार्यक्रम आयोजना गरिएको हो। गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा मार्ताम खण्ड विकास अधिकारी लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल निखारेले ग्रामीणस्तरमा ईः सेवालाई मजबुत बनाउनको साथै यसको महत्वबारे जानकारी गराए। उनले थप जानकारी गराएअनुसार डिजिटल सेवाले प्रमाण पत्र प्राप्त गर्नको निम्ति कुनै प्रकारको कष्ट भोग्न पर्दैन। पहिले उक्त कार्यको लागि कार्यालयमा पुगेर जुन समय दिनु पर्थ्यो अब समाप्त भएको बताए। अब लाभार्थीहरूले अनलाइनको माध्यमद्वारा आफ्नो प्रमाण पत्र प्राप्त गर्न सक्ने जानकारी गराए। उनको भनाइअनुसार अब कुनै पनि लाभार्थीहरू प्रमाण प्राप्त गर्नको निम्ति महकुमा कार्यालय जानुपर्ने छैन्। अबोप्रान्त सबै नागरिकहरूले अनलाइन माध्यमद्वार आफ्नो सुविधा प्राप्त गर्नसक्ने र यसको निम्ति आफ्नो मोबाइलमा सन्देश आउने गरेको जानकारी गराए। उनको भनाइ अनुसार अब कुनै पनि व्यक्ति कार्यालयमा शारिरिकरूपमा उपस्थित हुनु नपर्ने र सबै काम अनलाइनद्वारा हुने बताए।