लाचेन र लाचुङमा फँसेका पर्यटकहरूलाई सुरक्षित गान्तोक आइपुगे

IMG-20250425-WA0218

गान्तोक: मंगन जिल्लाअन्तर्गत चुङथाङमा फँसेका पर्यटहरूलाई आज बिहानदेखि साङकलङमा निर्मित नयाँ पुल भएर गान्तोक पठाउने कार्य सम्पन्न भयो। उल्लेखनीय छ, हिजो रातभरि परेको भारी वर्षको कारण लाचेन र लाचुङमा पैह्रोको कारण सडक पूर्णरूपमा बन्द भएपछि पर्यटकहरूले थप एक रात उत्तर जिल्लामा नै बिताउन बाध्य बनेका थिए। प्राप्त जानकारी अनुसार लगभग दुईसय वाहन पर्यटकहरूलाई लिएर उत्तर जिल्ला गएको थियो। उत्तर जिल्लाबाट फर्किने क्रममा पैह्रोले सडक बन्द भएपछि आवातजावत ठप्प बन्यो। जसको कारण पर्यटकहरू गान्तोक आउन नसकेको जानकारी प्राप्त भएको छ। हालै भारतीय सैनिक त्रिशक्तिद्वारा निर्मित बेली पुलको माध्यमद्वारा पर्यटकहरूलाई सुरक्षित गान्तोक ल्याउने कार्य भएको छ। मंगन जिल्लाका जिल्लापाल अनन्त जैन लगायत पुलिस अधिक्षक सोनाम दिछु भोटियाले पैह्रोग्रस्त क्षेत्रको निरीक्षण पछि पर्यटकहरूलाई सुरक्षित गान्तोक पठाउने कार्य भएको हो। मंगन जिल्ला प्रशासनले सडक व्यवस्थालाई प्राथमिकता दिँदै यातायात सुचारुरूपमा सञ्चालन गर्न सफल बनेको हो। लाचेन र लाचुङमा फँसेका सबै पर्यटकहरूलाई सबै प्रकारको व्यवस्था सेना र प्रशासनबाट भएको थियो। प्रति वर्ष मनसुनको समयमा सिक्किम राज्य भरि नै भारी वर्षा साथै पैह्रोको कारण यातायातमा समस्या देखापर्ने गर्दछ। जसको कारण पर्यटकहरूलाई प्रत्यक्षरूपमा असर परेको कुनै नौलो घटना होइन्। प्राक़ृतिक प्रकोपको कारण पर्यटक साथै सिक्किम सरकारले व्यहोर्नु परेको क्षतिलाई लिएर विभिन्न मञ्चमा चर्चा परिचर्चा भएता पनि अहिलेसम्म यसको समाधान हुन सकेको छैन्। राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरणले पनि यस समस्य़ाको समाधान गर्न धेरै कोशिष गरेको हो तर अहिलेसम्म सफलता प्राप्त गर्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement