मिरिक: हिल्स तृणमूल कंग्रेस चेयरम्यान एंव मिरिक नगरपालिका अध्यक्ष एलबी राई आफ्नाे कलकत्ता भ्रमण समाप्त गरेर मिरिक आइपुगेका छन्। मिरिक आइपुगेपछि पत्रकारहरूसित कुराे गर्दै राईले पार्टीकाे एउटा कार्यक्रममा सहभागी बन्नु आफू कलक्ता गएकाे अनि कार्यक्रम समाप्त भएपछि तृणमूल कंग्रेस नेतृत्व अनि मन्त्रीहरूसित भेटवार्ता गरेकाे बताए। तिनले मन्त्रीहरूसितकाे भेटवार्तामा विशेष गरि आगमी पन्चायत चुनाउ अनि साँगठनिक विषयमा चर्चा भएकाे जानकारी गराँउदै पार्टीले हामीलाई आगमी दिनमा जस्ताे निर्देश जारी गर्छ साेही अनुरूप पार्टीगत कार्यक्रमहरू गर्नेछाै भने। अर्काेतिर राईले मिरिक हाल चलचित्र उधाेगमा विकसित बन्दै गएकाेमा खुशी प्रकट गर्दै यसले यहाँकाे पर्यटन उधाेगलाई पनि विकसित गर्न टेवा पुग्नेछ भने। तिनले चलचित्र उधाेगमा हाल धेरैले रुचि देखाएकाे अनि धेरै प्रतिभावन मानिसहरू यश उधाेगमा लागि परेकाे कारण नै पहाडबाट हाल धेरै चलचित्रहरू निर्माण भइरहेकाे बताए।तिनले हाल यहाँ आफ्नै बलबुतामा चलचित्र उधाेगमा लागेकाहरूले कार्य गरिरहेकाे भए पनि भविष्यमा यहाँकाे चलचित्र उधाेग अनि खेलकूदलाई विकसित गर्न राज्य सरकार अनि जीटीएसित अनुराेध गरिनेछ भने। तिनले मिरिकमा रंगशाला भवनकाे उद्धघाटन भएपछि मिरिकमा पनि चलचित्रहरू प्रदर्शन हुन थालेकाे छ। याे मिरिककाे चलचित्र उधाेगकाेलागि ठूलाे उपलब्धि हाे भने। तिनले कसरी हुन्छ मिरिकलाई विकसित बनाँउने प्रयास सबैले गर्नुपर्छ भन्दै मिरिककाे आले खेल मैदानलाई पनि ब्यावस्थित बनाँउनकाेलागि जीटीए अनि राज्य सरकारसित कुरा गरिनेछ भने।