पाकिम: पाकिम जिल्ला प्रशासनले मनसुन पूर्वको तयारीलाई लिएर उच्चस्तरीय बैठक डाक्यो। पाकिम जिल्लाका जिल्लापाल एवं जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अध्यक्ष रोहन अगवानेको अध्यक्षतमा बसेको बैठकले अतिरिक्त जिल्लापालद्वय जीएल मिना, अतिरिकत जिल्लापाल (विकास) रबिन सेवा, सीमा सशस्त्र बलका कमान्डेन्ट चिरञ्जीब भट्टचार्य लगायत अन्य अधिकारीहरूको उपस्थिति थियो। आजको बैठकमा विशेष गरेर मनसुन अघि नै जिल्लालाई सबै सबै स्थितिमा मजबुत बनाउन, पूर्वधारको विकासलगायत अन्य विषयमा छलफल गरेको थियो। यस अवसरमा राष्ट्रीय राजमार्ग पूर्वधार विकास कर्पोरेसन लिमिटेड, सिक्किम सरकारको सडक एवं पुल विभाग, पीएसजीएसवाई र ग्रेफले सडकको अवस्था, पानी बग्ने नालीको सरसफाई, सडक निर्माणको क्रममा पहाड काट्ने जस्तो विषयमा गम्भीरतासित छलफळ गरिएको थियो। जिल्लापालले दयनीयय अवस्थामा रहेको सडकमा मशीन उपलब्ध गराउनु पर्ने र संवेदनशील क्षेत्रहरूमा निर्माणधीन कार्यको प्रगतिबारे पनि जानकारी गराए। उनले खाद्य एवम नागरिक आपूर्ति विभागलाई एलपीजी, खाद्य भण्डारको आवश्य पर्ने अन्य आपतकालीन सामग्रीहरूको भण्डार गर्नुपर्ने निर्देश दिएका छन्। जिल्लापालले प्राकृतिक प्रकोप हुनभन्दा अघि नै सम्वन्धित विभागले आवश्यक सामग्रीको भण्डारण गर्नुपर्ने सुझाउ दिएका छन्। कुनै पनि समयमा प्राकृतिक प्रकोपको कारण सडक बन्द हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्लापालले अगावै सबै कुराको प्रबन्धन गर्नुपर्ने बताए। उनले विशेष गरेर मनसुनको समयमा विद्युत सर्वाराहमा देखिएको समस्यालाई पत्तो लगाउनुपर्ने साथै पेट्रोलिङ टिमलाई मजबुत बनाउनु पर्ने जस्ता विषयमा सबैको ध्यान आकर्षण गराए। मनसुनको समयमा हुने विभिन्न प्रकारको घटनालाई ध्यानमा राख्दै जिल्लापालले नशक्तिको संख्यामा वृद्धि गरेमा शिघ्र घटनास्थलको पत्तो लगाउन सकिने बताए। उनले पीएचइ, वन विभागका अधिकारीहरूलाई संवेदनशील क्षेत्रहरूमा जनशक्तिको संख्या वृद्धि गर्नका साथै मशीनहरूको उपलब्धबारेमा जानकारी गराउने सुझाउ दिएका छन्। जिल्लापाले मनसुन शुरू हुनभन्दा अधि नै स्वास्थय एवं परिवार कल्याण विभागले औषधिको भण्डारण गर्नुपर्ने आग्रह गरे। जिल्लापालले एनएचआइडीसीएल, सडक एवं पुल विभाग, ग्रेफ, पीएचई र वन विभागका अधिकारीहरूलाई हाल उपलब्ध उपकरण र बैकल्पिक प्रबन्धनबारे सूची बुझाउनु पर्ने निर्देश दिएका छन्।