सन्तहरुले मानव जीवनको भक्ति मार्गलाई सशक्त बनाउँछः कंवर साहेबजी महाराज

IMG-20250425-WA0214

गान्तोक: सन्तहरूको दर्शनले मन प्रशन्न हुने र सबैलाई सत्यमार्गतर्फ प्रेरित गर्छ। मानिसलाई भक्तिमार्गमा अघि बढ़ाउन सत्संगले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। जोरथाङमा आयोजित एक धार्मिक कार्यक्रममा परम सन्त सतगुरु कंवर साहेबजी महाराजले अनुयायीहरुलाई यसरी प्रेरित गरेका थिए। जोरथाङमा आयोजित पूर्व भारत सत्संग भ्रमणको चौथो दिनको अवसरमा कंवर साहेबले मानिसमा पाँच इन्द्रिय र पाँच कर्म अंग हुने र इन्द्रियहरू आँखा, कान, नाक, जिब्रो र छालाले मानिसलाई यस संसारका कुराहरूको बोध गराउने बताउँदै यदि यी दश इन्द्रियहरूलाई सन्तहरूको वचनमा सामेल गरे मानव जीवन भाग्यशाली बन्ने बताए। गुरु महाराजले फरक-फरक मानिसहरूलाई देखेर फरक-फरक भावना जागृत हुने उल्ख गर्दै सन्तहरूको संगत र उनीहरूको दर्शनले सत्यको भावना जागृत हुने साथै एउटा प्रेरणादायी सहयोग मिल्ने बताए। उनले भने, महात्मा सन्तहरूसँग बुद्धि हुन्छ, त्यसैले उनीहरूको दर्शनले मानवलाई बुद्धिमान बनाउँछ। महाराजजीले अध अघि भने राम र सन्तमा कुनै भिन्नता छैन, त्यसैले सन्तको दर्शन स्वयं भगवानको दर्शन हो। सन्तहरूको सत्संगमा गएर उनीहरूको उज्यालो अनुहार हेर्दै मुखबाट बारम्बार निस्कने शब्दहरू सुन्ने र त्यसलाई आफ्नो जीवनमा अप्नाउने आग्रह पनि गरे। उनले मानव जीवन बारम्बार नमिल्ने उल्लेख गर्दै हरेक क्षण भगवानलाई सम्झेर जीवनको सागर सजिलै पार गर्ने कार्यमा गम्भीर बन्ने बताए। अजामिलको कथा सुनाउँदै उनले भने, भगवानको नाम जुनसुकै तरिकाले लिनसकिन्छ चाहे त्यो छल होस्, कपट होस् वा विश्वास त्यो फलदायी हुनेछ। उनले भक्तको आह्वानमा शक्ति हुनुपर्ने र तबमात्र भगवान आउनुहुने कुरा उल्लेख गरे। कंवर साहेबले भगवान आफ्नो भक्तको लागि कुनै पनि रूपमा आउनुहुने बताउँदै धेरै सत्संगीहरूले भक्तिको माध्यमबाट भगवानसित मेल गराउने बताए। यदि कुनै कमी छ भने, त्यो मानवभित्रको आस्था र विश्वासमा हुने उल्लेख गर्दै गुरु महाराजजीले मानवले अर्का मानवबीच सहयोगको भावना राखेर काम गर्नुपर्ने बताए। कसैको श्राप नलिने, दान कमाउने आफ्नो घर आफैं ठीक गर्ने समाजको हितमा उभिने बताउँदै आफ्ना आमाबाबु, सासू र ससुराको सेवा गरे त्यसको फल राम्रो पाउने बताए। उनले सधँ ठूलाबडाको सम्मान गर्ने शिक्षा आफ्ना बालबालिकालाई प्रदान गर्ने र आदर्श शिक्षा दिने बताए। जीवनमा असल कर्म गरे सबैलाई लाभ पुग्ने महाराजले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement