एशियाई एथलेटिक्स च्याम्पियनशीपको निम्ति ५९ सदस्यीय भारतीय टीमको घोषणा

IMG-20250425-WA0202

नयाँ दिल्ली: भारतले दक्षिण कोरियामा हुने लासी एशियाई एथलेटिक्स च्याम्पियनशीपको निम्ति ५९ सदस्यीय भारतीय टीमको घोषणा गऱ्यो। यस च्याम्पियनशीपको निम्ति कोच्चिमा सम्पन्न भएको फेडरेशन कपमा असाधारण प्रदर्शन गर्ने लगभग सबै एथलीटहरूलाई स्थान दिइएको छ। भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले यस च्याम्पियनशीपमा हिस्सा लिनेछैनन्। नीरजले भुवनेश्वरमा २०१७-को संस्करणपछि यस प्रतिष्ठित महाद्वीपीय प्रतियोगितामा हिस्सा लिएका छैनन्, जहाँ उनले स्वर्ण पदक जितेका थिए। त्यसपछि भारतीय दिग्गजले आफ्नो पूरा ध्यान डायमण्ड लीग प्रतियोगिताहरू, वर्ल्ड च्याम्पियनशीप र ओलम्पिकमा लगाएका छन्। महाद्वीपीय च्याम्पियनशीपको गत संस्करणमा स्वर्ण पदक जित्ने राष्ट्रिय रेकर्डधारक शट् पूट एथलीट तेजिन्दरपाल सिंह तूरलाई पनि फेडरेशन कपमा निराशाजनक दोस्रो स्थानमा रहेपछि टीममा स्थान प्राप्त भएन। पोल भल्ट खेलाड़ी देव कुमार मीणाले आफ्नो राष्ट्रिय रेकर्डमा सुधार गरे पनि टीममा स्थान पाएनन् कारण उनको प्रयास भारतीय एथलेटिक्स महासंघ (एएफआई)-द्वारा निर्धारित एशियाई च्याम्पियनशीप पात्रता स्तरभन्दा कम्ती थियो। अविनाश साबले (पुरुषहरूका ३००० मीटर स्टीपलचेज), पारुल चौधरी (महिलाहरूकी ३००० मीटर स्टीपलचेज) र गुलवीर सिंह (५००० मीटर र १०००० मीटर) जस्ता शीर्ष खेलाड़ीहरूलाई टीममा सामेल गरिएको छ। यी सबैले फेडरेशन कपमा हिस्सा लिएका थिएनन् कारण उनीहरूले एएफआई-को अनुमति लिएपछि विदेशमा प्रशिक्षण र प्रतिस्पर्धा गरिरहेका थिए। गुमीमा २७-देखि ३१ मईसम्म हुने एशियाई च्याम्पियनशीपको टीममा धावक अनिमेष कुजुरलाई पनि सामेल गरिएको छ, जसले २०० मीटरको दौड़मा नयाँ राष्ट्रिय रेकर्ड बनाएका छन्। ट्रिपल जम्प एथलीट प्रवीण चित्रावेललाई पनि टीममा स्थान प्राप्त भएको छ, जसले फेडरेशन कपको अवधि आफ्नो राष्ट्रिय रेकर्डको बराबरी गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement