सिलगढ़ी: प्रोफूटसल इभेण्ट्सको तत्त्वावधानमा समर फूटसल गोल्ड कपको आयोजन गरिनेछ। ११ मईमा हुने यस फाइव ए साइड टुर्नामेण्टको आयोजन सिलगढ़ीको ग्यालेक्सी फूटसल एरेनामा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार दिइनेछ। यसरी रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार दिइनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ६ हजार रुपियाँ रहेको छ। अन्य जानकारीहरू आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।