श्रीलंका बन्यो एशिया कप २०२२ च्याम्पियन, १.५ लाख डलरको पुरस्कार राशि

IMG-20220912-WA0172.jpg

१२ सेप्टेम्बरः श्रीलंका एशिया कप २०२२-को नयाँ च्याम्पियन बनिसकेको छ। फाइनल म्याचमा दासुन शनाकाको कप्तानीमा रहने श्रीलंकाले पाकिस्तानलाई २४ रनले पराजित गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो। जवाफमा पाकिस्तानको टीम १४५ रनमा अलआउट भयो। श्रीलंकाको तर्फबाट ब्याटको साथ भानुका राजपक्षेले असाधारण प्रदर्शन गरे। त्यसपछि बलको साथ प्रमोद मदुशान र स्पिनर वानिन्दु हसरंगाले पाकिस्तानको हार सुनिश्चित गरे।

श्रीलंकाई टीमको शुरुवात चाहिँ निराशाजनक रहेको थियो। ईनिंग्सको नवौं ओभरमा ५८ रन बनिँदासम्म ५ विकेटको पतन भइसकेको थियो। त्यसपछि पनि टीमले १७० रन बटुल्यो। छैटौं विकेटको निम्ति राजपक्षेले हसरंगासँग मिलेर ५८ रनको साझेदारी गरे। हसरंगाले २१ बलमा ३६ रन बनाए। यसरी नै राजपक्षेले ४५ बलमा अविजित ७१ रन बनाए। राजपक्षेले सातौं विकेटको निम्ति चमिका करुणारत्नेसँग ५४ रनको अटूट साझेदारी गरे।

एशिया कपको खिताब जितेपछि च्याम्पियन श्रीलंकाले मोटो रकम पनि हासिल गऱ्यो। श्रीलंकालाई पुरस्कार राशिको रूपमा १.५ लाख डलर प्राप्त भयो। भारतीय रुपियाँमा यसको भ्याल्यू लगभग १.२० करोड़ रुपियाँ हुन्छ। यसरी नै पाकिस्तानलाई ७५ हजार डलर (लगभग ६० लाख रुपियाँ)-को पुरस्कार राशि प्राप्त भयो। एशिया कप २०२२-को दोस्रो सबैभन्दा सफल बलर वानिन्दु हसरंगाले प्लेयर अव् द टुर्नामेण्टको खिताब जिते। उनलाई ११.९४ लाख रुपियाँको पुरस्कार राशि प्राप्त भयो। यसरी नै राजपक्षेले प्लेयर अव् द फाइनलको पुरस्कार जिते। उनलाई पुरस्कारको रूपमा लगभग ४ लाख रुपियाँ प्राप्त भयो।

एशिया कप २०२२-को शीर्ष खेलाड़ीहरूः
सर्वाधिक रनः
मोहम्मद रिजवान (पाकिस्तान)- २८१ रन
विराट कोहली (भारत)- २७६ रन
इब्राहिम जादरान (अफगानिस्तान)- १९६ रन
सर्वाधिक विकेटः
भुवनेश्वर कुमार (भारत)- ११ विकेट
वानिन्दु हसरंगा (श्रीलंका)- ९ विकेट
शादाब खान (पाकिस्तान)- ८ विकेट

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement