अनित थापामाथि गरेको टिप्पणीको विरोध

IMG-20250425-WA0157

राजनीतिमा पक्ष र विपक्ष हुन्छ तर पदको सम्मान गर्नु सक्नुपर्छ: अनित खाती

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई दार्जिलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेस पोर्तेलले को हो अनित थापा भनी भनेको भन्दै युवा शक्तिले विरोध जनाएका छन्। युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले आज एक भिडियो जारी गर्दै अनित थापालाई को हो भनी गरेको प्रश्नको उत्तर दिन्दै यो प्रश्न वर्तमानमा भारतको उप राष्ट्रपति जस्तो गरिमामय पदमा रहेका जकदीप धड्करलाई सोध्नु किनभने त्यसताक उनी पश्चिम बंगालको राज्यपाल थिए र उनले अनित थापालाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपालको रुपमा शपथ ग्रहण गराएका थिए भनी बताएका छन्। युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले राजनीतिमा टिका टिप्पणी गर्न सकिन्छ तर टिका टिप्पणी गर्ने पनि एउटा मर्यादा हुन्छ भनी बताएका छन्‌। उनले अनित थापा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको निर्वाचित प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको संस्थापक केन्द्रीय अध्यक्ष हुन् भनी बताएका छन्। खातीले भने, ‘गणतन्त्र छ भन्दैमा टाउकोमा टेकेर बोल्नु भएन भन्दै निर्वाचित प्रतिनिधिलाई यसरी को हो भन्नु चैं बन्द गरिनुपर्छ‌।‌ एउटा पदको पनि प्रतिष्ठा राख्नुपर्छ गरिमा राख्नुपर्छ। जीटीएको मुख्यपालको मर्यादा राखिदिने अनुरोध गर्दछु।’ अनित खातीले अघि भने, राजनीतिमा पक्ष र विपक्ष हुन्छ तर पदको सम्मान गर्नु सक्नुपर्छ। अनित थापा जीटीएको चुनावमा बहुमत पाएर निर्वाचित भएर जीटीएको प्रमुख कार्यपाल जस्तो गरिमामय पदमा हुनहुन्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement