सुकना र रंगटङ्गबीचमा पल्टियो दार्जिलिङ हिमालयन रेलवेको ईञ्जिन

IMG-20250425-WA0153

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको ईञ्जिन सिलगढीबाट दार्जिलिङतर्फ गईरहेको बेला सुकना र रंगटङ्गबीचमा ब्रेक फेल भएर उत्तानो पल्टेको छ। उक्त घटना आज बिहान लगभग 11 बजीतिर घटेको जानकारी प्राप्त भएको छ। उक्त रेलको ईञ्जिन सिलगढीबाट सुकनादेखि लगभग दुई तीन किलोमीटर माथि अनि तीनधारेमुनि रंगटङ्गदेखि तीन चार किलोमिटर मुनि रहेको सखुराको ठूलो रूख भएको क्षेत्रमा पल्टेको छ। उक्त ईञ्जिनमा रेलको चालक र सह चालक रहेका थिए। सिलगढीबाौ सुकना नाघेर सेकुवाको ठूलो रूख काटेर जाँदै गरेको समय ईञ्जिन ब्रेक फेल भएर ओह्रालो बग्न थालेपछि चालकहरुले हतार हतार उत्तेर काठको गुटका लगाएर रोक्न खोजे पनि रोक्न नसकेको र लिकदेखि तलतिर उत्तानो पल्टेको जानकारी उपस्थितहरुले बताएका छन्। उक्त रेलको ईञ्जिन रेलवे लिगदेखि तलतिर झरेको छ। उक्त ईञ्जिन पल्टेको स्थानमा ब्यागहरु पनि छरपष्ट बनेर झरेको देखिएको छ‌। उक्त घटनापछि सुकनाबाट पुलिस अधिकारीहरु र रेलवे अधिकारीहरु, रेलवे कर्मचारीहरु र रेलवे पुलिस घटनास्थलमा पुगेका थिए।

उक्त घटनामा चालकद्वय सुरक्षित रहेको बताइएको छ। उक्त रेलको ईञ्जिन रेलवे लिगदेखि झलतिर झरे पनि लिग खाली रहेको रेलको आवत जावत यथावत रहेको छ। समाचार लेखुञ्जेलसम्म उक्त पल्टेको रेलवेको ईञ्जिन उठाइएको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement