ढाका: आफ्नो घरेलु मैदानमा जिम्बाब्वेविरुद्ध पहिलो टेस्ट म्याचमा निराशाजनक हारको सामना गरेपछि बंग्लादेशले फर्ममा रहने ओपनिंग ब्याटर अनामुल हकलाई दोस्रो टेस्ट म्याचको निम्ति टीममा सामेल गरेको छ। बंग्लादेशले २८ अप्रेलदेखि जहूर अहमद चौधरी स्टेडियममा शुरु हुने दोस्रो टेस्ट म्याच अघि टीममा दुईवटा हेरफेर गरेको छ। दोस्रो टेस्ट म्याचको निम्ति अनक्याप्ड स्पिनर तनवीर इस्लामको साथमा अनामुललाई टीममा बोलाइएको छ जबकि ओपनिंग ब्याटर जाकिर हसन र पेस बलर नाहिद राणालाई टीमबाट बाहिर गरिएको छ। अनानुलले आफ्नो अन्तिम टेस्ट म्याच २०२२-मा वेष्ट इण्डिजविरुद्ध खेलेका थिए । बंग्लादेश अहिले जसरी भए पनि घरेलु टेस्ट सीरीजमा क्लीनस्वीप को सम्मुखीन हुनदेखि बाँच्ने प्रयासमा जुटेको छ।
बंग्लादेशको १५ सदस्यीय टेस्ट टीम यसप्रकार छः
नजमुल हुसैन शान्तो (कप्तान), महमुदुल हसन जोय, शादमान इस्लाम, अनामुल हक, मोमिनुल हक, मुश्फिकुर रहीम, मेहदी हसन मिराज, ताइजुल इस्लाम, नईम हसन, तनवीर इस्लाम, हसन महमूद, खालिद अहमद, तञ्जीम हसन साकिब, माहिदुल इस्लाम अंकोन, जेकर अली।