अग्निवीरहरुलाई सिक्किम पुलिसमा आरक्षण दिने मुख्यमन्त्रीको ऐतिहासिक घोषणा
गान्तोक: सिक्किमका राज्यपाल ओमप्कास माथुरले जम्मू-कश्मीरको पहलगाममा भएको नृशंस आतङकवादी हमलाको कडा निन्दा गर्दै दिवंगतहरूप्रति श्रद्वाञ्जली व्यक्त गरेका छन्। आज राजधानीस्थित चिन्तन भवनमा आयोजित सैन्य नागरिक फ्युजन 2025 को समापन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले श्रद्धाञ्जली अर्पण गरेका हुने। राज्यपालले घाईतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे। सैन्य नागरिक फ्युजन २०२५ माथि बोल्दै उनले सिक्किम राज्यलाई यो कार्यक्रम आयोजनको अवसर प्रदान गरिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं रक्षामन्त्री राजनाथ सिंहप्र राजनाथ सिंहप्रति आभार व्यक्त गर्दै सीमा क्षेत्रमा भाईब्रेन्ट भिलेजको अवधारणले धेरै महत्वपुर्ण कार्य गरेको मन्त्व्य जाहेर गरे। सेनालाई सबै प्रकारको सहयोग गर्न सरकार सदैव तत्पर रहेको बताउँदै मिलिट्री सिविल फ्युजनले सबैलाई एकसाथ जोड्ने अवसर प्रदान गरेको बताए। सेना र नागरिक समन्वयले देश रक्षामा ठूलो सहयोग पुग्ने बताए। राज्यपालले यस प्रकारको युनिक कार्यक्रम आयोजन गरिएकोमा आयोजक सेनाको मुग्धकण्ठले प्रशंसा गरे। राज्यको विकासमा सरकारको प्रयासको पनि खुलेर प्रशंसां गरे। उनले सेनासितको समन्वयमा राज्यको विकासमा पुग्ने योगदानको उल्लेख पनि गरेका थिए। अर्कोतिर कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री प्रेमसिँह तामाङले राष्ट्रिय सुरक्षाप्रति सिक्किम राज्यको अडिगता र प्रतिवद्वता सधैँ रहने उल्लेख गरे। समापन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले जम्मू-कश्मीरको पहलगाममा भएको आतंङकी हमलाको कडा शब्दमा निन्दा गर्दै शोक सन्तप्त परिवारजनप्रति सम्बेदना व्यक्त गरे। घाईतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि मुख्यमन्त्रीले कामना गरेका थिए। दश दिवसीय मिलिट्री सिविल फ्युजनको सफलताप्रति बधाई दिंदै उनले सिक्किम जस्तो सीमावर्ती राज्यमा भारतीय सेनाको महत्वपुर्ण भूमिकासे उल्लेखनीय अध्याय जोड़ेको जिकिर गरे। अक्टोबर २०२३ को टिस्टा त्रासदीमा भारतीय सेनाको अग्रणी भूमिकाको उल्लेख गर्दै तामाङले आगामी दिनमा पनि भारतीय सेनासित काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्वता जाहेर गरे। कार्यक्रमले विकसित भारत २०४७ लाई मजबुत पार्नमा लक्षित गरेको बताउँदै यस शक्तिलाई नागरिकको कल्याणमाथि प्रयोग गर्ने बताए। सेनासित सदैव सौहार्दमुलक सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले भारतीय सेना र केन्द्र सरकारको समन्वयमा राज्य सरकारले विविध उदाहरणीय पहलहरू गरेको जानकारी गराए। सिक्किममा सीमा सुरक्षालाई मजबुत बनाउन सेनाको पहलको खुलेर प्रशंसा गरे। मुख्यमन्त्रीले सिक्किम राष्ट्रविरोधी शक्तिहरूदेखि सदैव अछुत रहेको बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाईब्रेन्ट भिलेज कार्यक्रमले धेरै सुधार ल्याएको मन्तव्य जाहेर गर्दै अग्निबीर योजनामा २० प्रतिशतको आरक्षण दिँदै सिक्किम पुलिसको कन्सटेबल पदमा अवसर दिने घोषणा पनि गरे। मुख्यमन्त्रीले राष्ट्रीय सुरक्षा सिक्किमको प्रमुखतामा रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाप्रति सिक्किम राज्यको अडिग प्रतिवद्वताको उल्लेख गरे।