सिटिजन एक्शन पार्टीले पालन गऱ्यो पञ्चायती राज दिवस

IMG-20250424-WA0247

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किमले आज पञ्चायती राज दिवस २०२५ पालन गऱ्यो। यस अवसरमा पार्टीको अखिल सिक्किम पञ्चायत परिषदले रानीपुलमा एउटा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा पार्टी अध्यक्ष गणेश कुमार राई मुख्य अतिथि रहेका थिए। यसरी नै पार्टीका शीर्ष पदाधिकारीहरू साथै वर्तमान अनि पूर्व जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरू अनि पूर्व नगरपञ्चायतहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रम अवधि सिटिजन एक्शन पार्टी, सिक्किमद्वारा पूर्व अनि वर्तमान जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरूलाई अभिनन्दन जनाइएको पार्टीले विज्ञप्ती जारी गरेर बताएको छ। यसको साथै यसै अवसरमा एसडीएफ पार्टीका पूर्व प्रमुख संयोजक कमल चापागाईं उर्फ कमल गुरुजी, गत विधानसभा चुनाउमा सिक्किम रिपब्लिकन पार्टीका उम्मेद्वार श्रीमती विनम लेप्चा लगायत पूर्व पञ्चायत सदस्यहरू साथै एसडीएफ अनि सत्तारुढ़ एसकेएमका ५० भन्दा अधिक समर्थकहरू सिटिजन एक्शन पार्टी, सिक्किममा सामेल भएको दावी पनि गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement