पञ्चायत प्रधानको पहल र अनित थापाको सहयोगमा रोहिणी निवासी हरि छेत्रीको घर निर्माणपछि उदघाटन

IMG-20250424-WA0184

खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणीको लाप्चेटार निवासी हरि छेत्री, जसको घर थिएन। उनको यस्तो अवस्थालाई मध्यनजर राखेर घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत प्रधान सुष्मा वाइबाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई जानकारी गदाएपछि तुरुन्तै कार्यपालले छेत्रीको घर बनाईदिने वचन दिए लगत्तै उनको घर बनिन थाल्यो। जसको निर्माण कार्य पूरा भएपछि छेत्रीको घरको पञ्चायत प्रधानको बाहुलीबाट विधिवत् रूपमा रिबन काटेर उद्घाटन गरियो।

यस नव निर्मित घरका मालिक हरि छेत्री अनि उनकी पत्नीले अनित थापालाई उनले यति ठूलो सहयोग गरिदिएकोमा आभार प्रकट गरे साथै पञ्चायत प्रधान अनि गाउँका प्रतिनिधिहरुलाई पनि धन्यवाद दिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement