पहलगाममा भएको आतंकी हमलाको विरोधमा ईभान‌ फाउण्डेशनको आयोजनामा खरसाङमा मैनबत्ती जुलुस आयोजना

IMG-20250424-WA0180

खरसाङ: कश्मीरको पहलगाममा भएको आतंकी हमलाको विरोधमा साथै आतंकी हमलामा मारिएकाहरुप्रति श्रध्दाञ्जली अर्पण गर्दै खरसाङको युवाहरुद्वारा गठित गैर सरकारी संस्था ईभान फाउण्डेशनको आयोजनामा खरसाङमा मैनबत्ती जुलुस निकालिएको छ। पहलगाममा भएको आतंकी हमलाको घोर भर्त्सना जनाउँदै साथै मैनबत्ती बालेर मृतकहरुप्रति श्रध्दाञ्जली अर्पण गरिएको छ।‌ खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएको उक्त मैनबत्ती खरसाङ बजार परिक्रमा गरेर अस्पताल मोड भएर वर्ध्दमान रोड हुँदै पुनः रेलवे स्टेशन परिसरमा आएर श्रध्दाञ्जली सभामा‌ परिणत भएको छ। यस अवसरमा ईभान फाउण्डेशनको सदस्य सदस्याहरु र अन्य विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुले पहलगाम हमलाको भर्त्सना जनाउँदै मृतकहरुप्रति मैनबत्ती बालेर श्रध्दाञ्जली अर्पण गरिएको छ। रेलवे स्टेशन परिसरमा भएको श्रध्दाञ्जली सभालाई ईभान फाउण्डेशनको प्रमुख प्रशान्त शर्माले सम्बोधन गरेका थिए।

उक्त मैनबत्ती जुलुस र श्रध्दाञ्जली सभापछि पत्रकारहरुसित कुराकानी गर्दै ईभान फाउण्डेशनको प्रमुख प्रशान्त शर्माले कश्मीरको पहलगाममा भएको आतंकी हमलाको भर्त्सना जनाउँदै मृतकहरुप्रति श्रध्दाञ्जली अर्पण गर्नलाई मैनबत्ती जुलुस निकालिएको जानकारी गराएका छन्। उनले यो समय हामी देशको साथमा छौं भन्ने सन्देशको साथमा मैनबत्ती जुलुस निकालिएको बताएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, हामी आतंकी हमलाको घोर भर्त्सना जनाउँछौं।‌ हामी देशमा साथमा रहेको र हामी युनाइटेड छौं।

पहलगाममा भएको आतंकी हमलामा संलग्न आतंकवादीहरुमाथि ठूलो कार्वाही हुनुपर्छ। आतंकवादको अन्त्य हुनुपर्छ। हामी आश्वास्त छौं कि देशले आतंकवाद विरूध्द राम्रो कदम लिनेछ। हामी उक्त घटनामा शहीद बनेका सबैप्रति श्रध्दाञ्जली अर्पण गर्दछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement