स्पेनिश ला लीगामा रियल म्याड्रिड र बार्सिलोनाको जीत

photocollage_202542412224332

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको जारी सीजनमा च्याम्पियन बन्ने दौड़मा सामेल रियल म्याड्रिड र बार्सिलोनाले आ-आफ्नो म्याच जित्यो। गत सीजनको च्याम्पियन रियल म्याड्रिडले गेटाफेविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो अनि आफ्नो होम ग्राउण्डमा ३६ प्रतिशत पोजेशनको साथ खेल्ने गेटाफेलाई पूरा म्याचमा रियल म्याड्रिडलाई कड़ा चुनौती दियो। मीडफिल्डर अर्दा गुलेरले २१औं मिनटमा गोल गरी रियल म्याड्रिडलाई बढ़त दिलाए। अन्तमा त्यही गोलले रियल विजयी बन्यो। यसरी बार्सिलोनाले मालोर्काविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७८ प्रतिशत पोजेशनको साथ खेल्दै बार्सिलोनाले पूरा म्याच अवधिमा ४० पल्ट विपक्षी पोस्टमा आक्रमण गरे पनि केवल एक गोल गर्न सक्यो। डानी अल्मोले ४६औं मिनटमा गोल गरी होम टीमलाई जीत दिलाए। स्पेनिश ला लीगा पोइण्ट्स टेबलमा अहिले बार्सिलोना ३३ वटा म्याचमा ७६ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। यसरी दोस्रो स्थानमा रहने रियल म्याड्रिडसँग ७२ पोइण्ट्स रहेको छ। एथलेटिक क्लबले लास पाल्मसविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। इनाकी विलियम्सले पाँचौं मिनटमा गोल गरी होम टीमलाई जीत दिलाए। यस जीतपछि एथलेटिक क्लब ६० पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। अन्य एउटा म्याचमा सेल्टा विगोले भिल्लारियललाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट फेर लोपेजले ४५औं, बोर्खा इग्लेसियसले ५३औं र इयागो अस्पासले ८७औं मिनटमा गोल गरे। भिल्लारियलका खेलाड़ी एरिक बेलीलाई ३७औं मिनटमा रेड कार्ड देखाइयो। भिल्लारियल ५२ पोइण्ट्सको साथ पाँचौं र सेल्टा विगो ४६ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। यसरी अलावेसले रियल सोसिएदादलाई १-०-ले पराजित गऱ्यो।

About Author

Advertisement