युनाइटेड रिषिहाट स्पोर्टिंग क्लब र लेबोंग संकटा एफसी सेमिफाइनलमा

IMG_20220912_111252.jpg

१२ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा आइतवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा भएको तेस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबले डीएम इलेभेनलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रिषप छेत्री, सिद्धान्त राई र नेत्र बराईलीले १-१ गोल गरे। यसरी नै डीएम इलेभेनबाट कुन्दन तामाङले १ गोल गरे। यसरी नै चौथो तथा अन्तिम क्वार्टर फाइनलमा लेबोंग संकटा एफसी-ले घूम जोरबंगलो स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। डीजीएचएसए-को तत्त्वावधानमा आयोजित प्रीमियर र सेकेण्ड डीविजन लीगको फाइनल १८ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement