मिरिकमा रक्त दान शिविर सम्पन्न

IMG_20220912_102403.jpg

मिरिक: गत ११ सेप्टेम्बर २०२२ को दिन मिरिक सैनिक भवन कृष्ण नगरमा आइ लभ मिरिक द्वारा आयोजित अनि गोर्खा च्यारिटेबल हस्पिटल र हिमालयन वेल्फेयर अर्गनाइजेसनको सहयोगमा रक्त दान शिविर सम्पन्न भएको थियो।

समाजसेवी सुरेन प्रधानको बाहुलीबाट द्विप प्रज्वलन पछि शुभारम्भ गरेको रक्त दानसितै माध्यमिक तथा उच्चतर माध्यमिक तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी नानीहरू क्रमैले सोनिया तामाङ र अन्सिका राई लाई पनि सुरेन प्रधानको बाहुलीबाट सम्वर्द्धना जनाइयो।यसै गरी अन्य नानीहरू क्रमैले नारित्य राई, कृतिका राई, अनुराग राई, पुष्प कमल राईलाई पनि सम्वर्द्धना जनाइयो। त्यसरी नै यहाँ मिरिकमा एक सहासिक कार्य गर्ने ब्यक्ती टासि लोप्साङलाई पनि सुरेन प्रधानको बाहुलीबाट सम्वर्द्धना जनायो।यस रक्तदान शिविरमा १९ जना महिला अनि अन्य पुरुष गरेर जम्मा ६७ जनाले रक्तदान गरे।

संग्रह गरेको ब्लड नर्थ बङ्गाल मेडिकल कालेज ब्लड बैंकमा सुम्पिएको छ।कार्यक्रमको अन्तमा समाजसेवी सुरेन प्रधानलाई पनि उनको समाज प्रतिको योगदानलाई कदर गर्दै आइ लभ मिरिकले सम्वरद्धना जनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement