सिलहट(बंग्लादेश): जिम्बाब्वेले सिलहट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको पहिलो क्रिकेट टेस्ट म्याचमा आयोजक बंग्लादेशलाई ३ विकेटले पराजित गऱ्यो। यो जिम्बाब्वेको २०१८ पछि विदेशमा पहिलो टेस्ट म्याच जीत हो। यस जीतको साथै जिम्बाब्वेले २ वटा टेस्ट म्याचको सीरीजमा १-०-को अजेय बढ़त हासिल गऱ्यो। म्याच जित्न जिम्बाब्वेलाई आफ्नो दोस्रो ईनिंग्समा १७४ रन बनाउने लक्ष्य हासिल भएको थियो। यस लक्ष्यलाई जिम्बाब्वेले केही चुनौतीहरूको सामना गर्दै ५०.१ ओभरमा ७ विकेट गुमाएर हासिल गऱ्यो। जिम्बाब्वेको दोस्रो ईनिंग्समा ब्रायन बेनेटले सर्वाधिक ५४ रन बनाए। उनले ७ वटा चौका र एउटा छक्का लगाए। यसरी बेन कुरेनले ७ वटा चौकाको साथ ४४ रनको योगदान दिए। बेनेट र कुरेनले पहिलो विकेटको निम्ति ९५ रनको पार्टनरशीप गरे पनि एक समय स्कोर १६१ रनमा ७ विकेट रहेको थियो। वेस्ली माधेवेरे (अविजित १९ रन) र रिचार्ड न्गारावा (अविजित ४ रन)-ले १३ रनको अटूट पार्टनरशीप गरी जिम्बाब्वेलाई रोमाञ्चक जीत दिलाए। बंग्लादेशका बलरहरूमा स्पिनर मेहदी हसन मिराजले ५ विकेट लिए। म्याचमा ९ विकेट हासिल गर्ने जिम्बाब्वेका पेस बलर ब्लेसिंग मुजारबानीलाई प्लेयर अव् द म्याच चयन गरियो। यसअघि म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै बंग्लादेशले आफ्नो पहिलो ईनिंग्समा १९१ रन बनाएको थियो। जवाफमा जिम्बाब्वेले आफ्नो पहिलो ईनिंग्समा २७३ रनको मजबूत स्कोर बनाएको थियो। त्यसपछि बंग्लादेशको दोस्रो ईनिंग्स २५५ रनमा समाप्त हुँदा जिम्बाब्वेलाई म्याच जित्न १७४ रनको लक्ष्य हासिल भएको थियो।