खरसाङ: खरसाङ कलेजको एनएसएस एकाइद्वारा विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा खरसाङको कोठीधुरा र सिंगेल चियाबारी क्षेत्रलाई लिएर सप्ताहव्यापी जनचेतनामूलक शिविरको आयोजना सम्पन्न गर्यो।
सप्ताहव्यापी उक्त शिविरको मुख्य विषय सामाजिक जागरूकता, स्वास्थ्य, सुरक्षा र पर्यावरणमा स्थिरता रहेको थियो। एनएसएस एकाइ १-२ को संयुक्त सहकार्यमा भएको उक्त शिविर १३ अप्रेलदेखि २० अप्रेलसम्म कोठीधुरा र सिंगेल चियाबारीमा सफलतापूर्वक सम्पन्न भयो। शिविरको पहिलो दिन स्थानीय बासिन्दा लगायत विद्यार्थीहरू र प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा उद्घाटन र सरसफाइ अभियानबाट सुभारम्भ भयो। सोही अवसरमा बीआर अम्बेडकर जन्म जयन्तीको पनि पालन गरियो। अम्बेडकरको मूल्य र योगदानको सम्झना गर्दै सामुदायिक अन्तरक्रियाको आयोजना गरियो। पर्यावरण सन्तुलनप्रति एनएसएसको प्रतिबद्धतालाई ध्यानमा राख्दै फोहोर व्यवस्थापनलाई प्रवर्द्धन गर्न गाउँलाई डस्टबिन प्रदान गरियो। ‘सेभ अर्थ फर लाइफ’, नामक संस्था सिलगढीसँग एनएसएसले सहकार्य गरी सफाई अभियानको आयोजना गरे जसले गाउँले र स्वयंसेवकहरूलाई वरपरको वातावरण सफा गर्न र सरसफाइ र वातावरणीय हेरचाहको बारेमा जागरूकता जगाउन सामूहिक प्रयासमा संलग्न गराइयो।
कार्यक्रमको दोस्रो दिन बाल अधिकार र आपदा विषयसँग सम्बन्धित थियो। यस दिन अनुग्यालय दार्जिलिङ डायोसिस सामाजिक सेवा समाजसँगको सहकार्य रहेको थियो। यसमा बाल संरक्षण अधिकार प्रमुख थियो जसमा आमाबाबु र बालबालिकालाई कानुनी सुरक्षा, अधिकार र सुरक्षा उपायहरूको बारेमा शिक्षित गर्ने उद्देश्य राखिएको थियो। यस अतिरिक्त प्राकृतिक प्रकोप र आपतकालीन अवस्थाहरूलाई प्रभावकारी रूपमा सम्हाल्न समुदायलाई ज्ञान र रणनीतिहरूले सुसज्जित पार्नमा शिविर केन्द्रित रहयो।कार्यक्रमको तेस्रो दिन उपभोक्ता जागरूकता विषयमा रहेको थियो। यो शिविर उपभोक्ता मामिला तथा निष्पक्ष व्यापार अभ्यास विभाग, दार्जिलिङसँगको सहकार्यमा उपभोक्ता जागरूकता कार्यक्रम सञ्चालन गरियो। उपभोक्ता अधिकार, निष्पक्ष व्यापार अभ्यास र गुनासो समाधानमाथि प्रकाश पारियो। यसै गरी चौथो दिन स्वास्थ्य र स्वच्छता जागरूकता विषयमा शिविर राखिएको थियो। यो शिविर खरसाङ अस्पतालसँगको सहकार्यमा भएको स्वास्थ्य र सरसफाइमा केन्द्रित रहेको थियो। शिविरमा स्वास्थ्यसम्बन्धी जागरूकता कार्यक्रमको पनि कार्यक्रम गरियो। किशोरी र महिलाहरूलाई लिएर महिनावारी स्वास्थ्य सम्बन्धी चेतनामूलक जागरणका विषयमा चर्चा गरियो। यसै अवसरमा उपस्थित महिला दिदी बहिनीहरूलाई सेनिटरी प्याड वितरण गरियो। कार्यक्रमको पाँचौ दिन अग्नि सुरक्षा तालिमबारे शिविर सम्पन्न गरियो। यसमा अग्नि नियन्त्रक केन्द्र, खरसाङसँगको साझेदारीमा, आगलागी दुर्घटना सम्बन्धी जागरूकता शिविर सञ्चालन गरियो। प्रत्यक्ष प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू मार्फत गाउँलेहरूलाई आगलागी रोकथाम प्रविधि, प्राथमिक उपचार र आपतकालीन प्रतिक्रिया उपायहरूको बारेमा शिक्षित गराइयो। कार्यक्रमको छैटौं दिन इको ब्रिक वर्कशपको आयोजन गरियो। एसईएफएल, सिलिगुडीसँग सहकार्य रहेको थियो भने फोहोरबाट इको इँटाको तयारी सम्बन्धी रचनात्मक कार्यशाला सम्पन्न गरियो। यस गतिविधिमा गैर-विघटनशील प्लास्टिक फोहोरलाई प्रयोगयोग्य इँटामा परिणत गर्ने, पुनर्चक्रण र दिगो निर्माणको अभ्यासलाई प्रवर्द्धन गर्ने विषयमा समेत सचेत गरियो।

कार्यक्रमको सातौं तथा अन्तिम दिनको शिविरमा ठोस फोहोर व्यवस्थापन सम्बन्धी जागरूकता गर्ने काम गरियो। यो कार्यक्रम एसईएफएलसँगकै सहकार्यमा सञ्चालन गरियो। यस सत्रमा फोहोर छुट्याउने, कम्पोस्ट बनाउने र दिगो विसर्जन विधिहरूको बारेमा व्यावहारिक छलफलहरू भयो भने गाउँलेहरूलाई पर्यावरण सचेत जीवनशैली अपनाउन प्रोत्साहित समेत गरियो। उक्त शिविर प्रा. डा. सुजाता कालीकोटे (कार्यक्रम अधीकृत, युनिट १) र प्रा विश्वदीप बम्जन (कार्यक्रम अधीकृत, एकाइ २) को तत्परतामा सम्पन्न भएको शिविरमा अधीकृतद्वयले एनएसएस स्वयंसेवकहरूसँगै, कोठी धुरा समाजका पोर्टफोलियो सदस्यहरू, सहयोगी एजेन्सीहरू र उपस्थित सम्पूर्ण जनसाधरणलाई उनीहरूको सहयोग, उत्साह र सक्रिय सहभागिताको लागि हार्दिक आभार व्यक्त गरे। गाउँलेहरूले पनि एनएसएस एकाइहरूले अगाडि सारेका विचारशील पहलहरूको प्रशंसा गरे। विशेष शिविरले गम्भीर सामाजिक र वातावरणीय मुद्दाहरूलाई मात्र सम्बोधन नगरेर विद्यार्थी स्वयंसेवकहरू र स्थानीय बासिन्दाहरूमाझ सामुदायिक संलग्नता र जिम्मेवारीको बलियो भावनालाई पनि बढावा दिइयो – वास्तवमा एनएसएसको आदर्श वाक्य: “म होइन, तर तपाईं भन्ने सारको पालना भएको अधीकृतद्वयले बताए। सात दिने शिविरको उद्देश्य विभिन्न सरकारी विभाग र सामाजिक संस्थाहरूको सहयोगमा सञ्चालित सचेतना कार्यक्रम, व्यावहारिक गतिविधिहरू र स्वास्थ्य पहलहरूको श्रृंखला मार्फत स्थानीय समुदायलाई सशक्त र शिक्षित रहेको खरसाङ कलेजका एनएसएस टोलीले जानकारी दिए।